Skip to content

कस्तो सून्दर पृथ्वी हाम्रो


प्रभातको पहिलो फेरो
लाली आकाश पूर्वमा
अहाँ लहलह पालुवा
सलबलायो धरतीमा
न्याना मीठा किरणहरु
मोती टल्किदा सीतलहरहरु
प्रकृतीका वरदान महान
रमाईरहुँ झै मीठा रहरहरु
हरियालीले बिहानी राम्रो
कस्तो सून्दर पृथ्वी हाम्रो ।

हाँस्यो कोपिला मसक्क
बनी फूल ढकमक्क
फूलकै संसार झमक्क
वनपाखा अहाँ धपक्क
फुल्यो फूल बगैचा राम्रो
कस्तो सून्दर पृथ्वी हाम्रो ।

आयो भवँरो चुम्यो फूललाई
बटुल्यो केही रसहरु
भाग्यो फेरी निर्मोही बन्यो
उड्यो टिपी केही सुवासहरु
माया प्रीती हो कि कसो
फर्क्यो फेरी भवँरो प्रेमी
चुम्यो फेरी फूललाई
फूल हास्यो भवँरो चुमी
माया पि्रतीको बिहानी राम्रो
कस्तो सून्दर पृथ्वी हाम्रो ।

पंक्षीपूंज चिरविर चिरविर
आहार माग्दो चल्लो चंचल
गईन माता यताउता
ल्याईन मीठा मीठा फल
चल्ला रमाए बिहानी राम्रो
कस्तो सून्दर पृथ्वी हाम्रो ।

१८ मार्च २००९, बुधवार
khadkabinod02@yahoo.com

1 thought on “कस्तो सून्दर पृथ्वी हाम्रो”

  1. विनोदजी,
    एकदम प्रकृतिप्रेमी

    विनोदजी,
    एकदम प्रकृतिप्रेमी हुनुहुँदो रहेछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *