Skip to content

khadkabinod

लाटी

वर्षाको महिना भए पनि भनेको समयमा वर्षा हुँदैन । त्यसैले गर्दा मनोहराको फाँटमा नै भएको भए पनि खेतमा कुलो नलगाई धान रोपाई गर्ने कुनै सम्भावना नै रहँदैन । भोलि हाम्रो पनि बेसीखेतको रोपाई थियो । आजै राती गएर खेतमा कुलो लगाउने पालो यसपाली हाम्रो परिवारमा साहिलो काका र मेरो भागमा परेको थियो । काका त पहिले नै खाना खाएर बेसी झरी सक्नु भएछ । म घर पुग्दा अलि ढिला भएकाले अब एक्लै बेसी झर्नु पर्ने भयो ।

रत्नप्रसाद एम डि

रेडियोले फुक्यो, टेलिभिजनले सुनायो, बतास झै दौडिए खबरहरु, रत्न प्रसादजी एम डि भए । थुप्रै मान्छेहरु बधाई दिनका खातिर रत्नप्रसादको घर र कार्यालयमा नै पुगे । रत्नप्रसादलाई आफ्नो नजिकको हाकिम ठान्नेहरु, संगै दारुपानी तास कौडा गरेका आधारमा नजिक भएको महशुस गर्नेहरु, उसकै मातहतको विभागमा काम गरेका आधारमा नजिक भएको महशुस गर्नेहरु त बधाई भन्न जाने नै भए, त्यसदेखि बाहेक राजनैतिक आस्थाका आधारमा मन नपराउँनेहरु, रत्नप्रसाद माथीका हाकिम र नेताहरुको नजिक भएको पहिलेदेखि नै मन नपराउँनेहरु, र यथार्थमा नै यो नियुक्तिलाई मन नपराउँनेहरु त झन बधाई दिनेमा पहिलो लाईनमा नै पुगेका थिए ।

BinodKhadka

बुढो मोची

बाहिर प्रचण्ड गर्मी छ । ह्युमिडिटी बढिरहेको छ । अफिसबाट वासस्थानमा फर्केपछि पहिलो काम शरिरवाट जुत्ता अलग्याउनु हो । शरिरमा शक्ति पनि यति कम भएछ कि आफ्नो खुटृाको जुत्ता उतार्न पनि निहुरिन मन छैन । उभिएको उभियै जुत्ता फुकाल्ने प्रयास के गरेको थिए एकातिरको जुत्ताको तलुवा प्वाकल्याक्कै निक्लियो । सायद तातो भूईमा टेकिरहँदा जुत्तालाई पनि खपि नसक्नु तातोले गलाएकोले होला अलिकति बल पर्दा पनि प्वाकल्याक्कै निक्लेको ।

पातालको मेट्रोरेल

नोभेम्बर २०१४ । दिनको दूई जति बजेको हुँदो हो मैले मियामी एयरपोर्टदेखि त्यहाको रेलस्टेसनसम्म जानका लागी मियामी मुबर चढेको । मियामी मुबर एक स्वचालित दुई डब्बा जतिको विद्युतिय ट्रेन हो जसले नियमित रुपमा मियामी एयरपोर्ट र त्यहाको रेलस्टेसन र रेण्ट अ कार प्वाईन्टलाई जोड्दो रहेछ । मेट्रोरेलको अरेन्ज लाईनले एयरपोर्ट र मियामी डाउनटाउनलाई जोड्ने रहेछ ।

माग्नेकी आमा

छोराको प्रगतीको कुरा सुन्दा र देख्दा उसकी आमा हर्षले गदगद हुन्थिन । हुन पनि उनको छोरोले राम्रो प्रगती गरेको थियो । आर्थिक उन्नतीको त कुरै नगरौ । शहरमा २ वटा ठूला ठूला घरहरु थिए । एउटामा आफ्नो परिवार बस्थे अर्को घरचाही एउटा विदेशी संस्थालाई भाडामा लगाएको थियो । उसले चढ्ने गाडी उसले भने अनुसार नै अफिसका तर्फबाट विदेशवाट झिकाईएको थियो । उसको बिहेमा उसको ससुराली पक्षले राम्रो दाईजो दिएको कुरा त सबैको सामु जगजाहेर थियो । माथीका हाकिमहरुलाई खुसी पारेर बर्षको दूई तीन पटक त विदेश भ्रमण गरिरहन्थयो । उसकी श्रीमती र छोराछोरीहरुलाई जे चाहियो उ सिधै अफिसकै तर्फवाट मगाउथ्यो या त आफ्नो प्रभावको प्रयोग गरी सस्तो दरमा राम्रा र महंगा सामानहरु उपलव्ध गराउथ्यो । आज उसंग यति सम्पत्ति थियो कि जुन उसको सन्तानलाई अर्को पचास बर्ष कामै नगरे पनि खान पुगथ्यो ।

तिहार

तिहार आयो उज्यालो ल्यायो
गाँउ र बस्तीमा
मखमली छायो सयपत्री फुल्यो
बारी र बगैचामा
का का गर्दै रमाए काग
उड्दै आकाशमा
गमक्क पर्दै आयो है कुकुर
घर घर गाँउमा
गाई हुन आमा पुज्दै होलान

ओठै नचलाई बोल्थिन उनी

ओठै नचलाई बोल्थिन उनी
आँखै नझिम्काई हेर्थिन उनी ।

मनका कुरा भेट्नै सकिएन
प्रेमकै कुरा खोल्थिन उनी ।

शव्दमा तलमाथी पर्यो भने
च्याप्प समाएर केर्थिन उनी ।

बगर पो हो कि जीन्दगी

बगर पो हो कि जीन्दगी
सेता बालुवाहरुमा फैलिने
टललल टल्किने झललल झल्किने
या कुनै संगितमय धुनहरुमा हराईरहेको
वेश्याहरुको रात्रीकालीन अखाडा झै चिनिनॆ
फेरी उज्यालो नहुँदै मेटिने

नेता

अहाँ कस्तो राम्रो कुरा, देशको विकाश गर्छु रे
नेता साहै असल हुन, देशकै लागी मर्छु रे ।

भन्छन उनी गाँउलाई, सहर बनाई दिन्छु
योजना सफल भएन भने, गाँउबाटै सर्छु रे ।

बनी प्रेमको प्याला

बनी प्रेमको प्याला मेरो जीवनमा आयौ मायालु
बोकाई प्यास प्रतीक्षाको मायाप्रीति लायौ मायालु ।

भुलुँ कसरी म लौ भुल्नै नसकिने ती क्षणहरू
वाचाको अर्थै थाहा नभई कसम खायौ मायालु ।

परदेशीको सम्झना

त्यो सानो देश नेपाल हाम्रो
सारै नै प्यारो छ
जहाँ नै जाँउ जता नै पुगौ
सम्झना उर्लिन्छ ।

पहाडी पाखो तराईको फाँट
चटक्कै मिलेको
उत्तर हाँस्ने त्यो सेतो हिमाल
अहाँ क्या राम्रो खेलेको ।

गजल

सजिएको सिउँदो देखाई मार्ने नगर
मायाप्रेमको नाटक गरी हाँस्ने नगर ।

मायामहल खडा गरीदिन्छु भन्ने तिमी
झुठो माया पिरती लगाई ढाँट्ने नगर ।

गजल

तिमी यसै दर्द बनी छाई दिंदा पनि आफ्नी
मधुर स्पर्श बनी आई दिंदा पनि आफ्नी ।

तिम्रा श्वरको जादुको कुरा के गरौ म लौ अब
तिमीले अरुकै गीत गाई दिंदा पनि आफ्नी ।

परिवर्तन

उ असाध्यै मिहेनती थियो । उ कक्षामा सधै राम्रो अंक ल्याएर उत्तिर्ण हुन्थ्यो । त्यसैले विद्यालय, गुरुवर्ग, गाँउघर, आफन्त सबैले उ प्रति धेरै आशा साँचेका थिए । उसले जब प्रवेशिका परीक्षा विशिष्ट श्रेणीका साथ उत्तिर्ण गर्यो गाँउमा सिँदुरे जात्रा नै भएको थियो ।

मैले कोरेको मेरै कविता

मरुभुमीका ढेर
अर्थहिन बालुवामा छटपटिदै
समुद्रको पल्लो क्षीतिज नियाल्दै
बिहानीदेखी अर्को बिहानीसम्म नै
म मेरा अविरल पाईलाहरु नाप्दै गरेको हुन्छु ।