Skip to content

नीलम कार्की निहारिका

चप्पल छिने के भो र यात्रा जारी छ

सानो कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दायाँतिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाको देखिने अर्को मान्छे छ । लगाई उस्तैछ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा लौरो छ बाँसको । तगारो बन्द छ ।

ऐठन

तिम्रो ब्रेकफास्ट तयार छ र लन्च पनि । म र्फकन अलि ढिला हुन्छ होला । सिन्तिया आफूलाई बाहिर निस्कनको लागि तयार पार्दै बोल्छे । ठूलो ऐना अघिल्तिर छ ऊ, भर्खर लुगा फेरेर मेकअपतिर लागेकी छ । ओठमा लिपिस्टिकको धर्का कोर्दैछ । ब्रेन्डा बेडमा नै छ । ओड्नेभित्र शरीर छ । अनुहार मात्र निकालेर सिन्तियालाई अघिदेखि हेरिरहिछ ।

सेतो भात

  • by

साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ।
उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” समाजसेवी लालप्रसादले एक्लै राखेर फकाए। पहिला उनी भन्दैथे, अहिले कोटा सकियो तर सुक्रेले ढिपी छाडेन।