दैनिकी
सेतो भात
साथी भाइसँग बिदा माग्दैछ। पहिला उ पटक्कै राजी थिएन। धेरै सम्झाए आमा बाबु र छिमेकीहरुले समेत। अंतमा बोईले सम्झाएपछि मान्यो। हजुर आमालाई बोई भनिन्छ।
उसको अन्तिम ढिपी थियो “साथी हरी, जीते, माने नजाने भए म जान्न। ” समाजसेवी लालप्रसादले एक्लै राखेर फकाए। पहिला उनी भन्दैथे, अहिले कोटा सकियो तर सुक्रेले ढिपी छाडेन।
लाज पचेकी नकचरी….
´हेर हेर यो नकचरी, बावुआमा पनि कस्ता होलान्!´धेरै मान्छेबीचमा एउटी महिला कड्किन् ´बेलैमा बिहा नगरी बढेकी छोरी घरमै पालेर राखेपछि यस्तै हुन्छ।´ बाटो हिडिरहेकी मलाई पनि त्यस भीडले तान्यो। ´त्यही त, यसले त हामी सबैको नाकै काटी नि ´–हेर्दा भद्र देखिने एक महिलाले थपिन्। ´यसलाई गाउँ निकाला गर्नुपर्छ ´– सबै महिलाले एकै स्वरमा कोहोलो मच्चाए। यत्तिकैमा एक जना पुरुष बोले – एकछिन त पर्खिनुस्! यसमा यी नानीको मात्र हैन त्यो फटाहाको पनि त दोष छ´। त्यसपछि घटनाको वास्तविकता बुझ्न उत्सुक भएर नजिकै उभिएकी एकजना दिदीलाई सोधेँ – दिदी यहाँ के भएको? उनले भनिन् ´हेर्नु न नानी उभिरहेकी केटी छ नी! हो, त्यसले हाम्रो गाउँमा पढाउन आएको मास्टरसँग लसपस गरिछ। ऊ सरुवा
रातभर चन्द्रमा खसिरह्यो…
पुराना दिन पुराना लुगा होइनन्, मन लाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता हुँदा रैछन्, जो भित्री दिमागमा चेप्पिएर बसेका हुन्छन्, कहिलेकाहीँ ती चेप उक्किन्छन्। शिवरात्रीको तयारीसहित पशुपतिका भर्याङ, चेप र घुम्तीहरूमा धुँवा बेस्मरी उड्न थालेपछि, नङ्गा बाबाहरूले हातमा झाडू समाएर आशिर्वाद दिने तयारी गरिरहँदा अचानक पुराना दिनहरू मेरा आँखाभरी झल्झली आउन थालेका छन्, एकपछि अर्को। एल्बमका पाना पल्टाएजस्तो।