वनैभरि फूलिदिन्छु मनैभरि फूलिदिन्छु सुधिरा खनाल वर्णनात्मक निबन्ध गोरखापत्र by kbsMarch 28, 2009जताततै खुसी नै खुसी छाएको छ । चराचुरूङीहरू चिरबिराईरहेका छन् । मानौ उनीहरूको भाषामा रमाइलोको अनुभव साटासाट गरिरहेका हुँदाहुन, अनि भालेले पोथीलाई बोलाइरहेको हुँदो हो । समले उल्लेख गरे जस्तै कति स्वतन्त्र र स्वच्छन्द छ आकाशमा उड्ने चरीहरूलाई ।