शिरीषको फूल उपन्यासमा पात्रविधान
नेपाली साहित्यमा चम्किलो ताराको रूपमा चम्किएकी पारिजात दार्जीलिङ जिल्लाको चियाबगानमा वि.सं. १९९० फागुन ३० गते जन्म भएको थियो । संखुवासभामा पुख्र्यौली घर भएकी विष्णुकुमारी वाइवा -पारिजात)को २०११ सालमा काठमाडौँ प्रवेश भयो । नेपाली साहित्यमा वि.सं. २०१२ देखि नै हलचल मच्चाउन सफल पारिजातको ‘शिरीषको फूल’ मदन पुरस्कार -२०२२) प्राप्त छ । जुन उपन्यासको अङ्ग्रेजी अनुवाद संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीमा पढाइ हुनु उनको विषेश सम्मान हो । हुरी बतासले रूखहरू हल्लाएझँै आधुनिक उपन्यास क्षेत्र हल्लाउन सफल ‘शिरीषको फूल’ उपन्यास घटना प्रधान हैन र यसको कथानक पनि सबल छैन ।
