यहुदीको सङ्घर्षमय इतिहास
द्वितीय विश्वयुद्धका बेला यहुदीहरूको व्यापक जनसंहारको त्रासदी स्मरण गर्दा मानव इतिहास नै कलङ्कति हुनजान्छ । यहुदीमाथि भएको क्रूर अमानवीय यातनाको अर्को उदाहरण विश्वमा पाउनसकिंदैन । इजरायलको हालोकास्ट म्युजियम
-सर्वनाशको सङग्रहालय) ले केही अघि पूर्व पोल्याण्डी एउटी यहुदी महिला रुटका लस्कीवरको डायरीका केही पाना विश्वसामु उद्घाटन गरेको छ । ६० पृष्ठको नोटबुकमा नाजीहरूद्वारा यहुदीहरूमाथि गरिएको क्रूर अत्याचारका केही झलक त्यसमा पाइन्छ ।
