Skip to content

अस्मिता काफ्ले

के भने झै गर्नुपर्छ र ?

कुनै एउटा गाउँमा जीवन नाम गरेको केटो बस्दथ्यो । ऊ कक्षा ६ मा अध्ययनरत असल, इमानदार र मिहिनेती छात्र थियो । उसको बुबा कार्यालयमा काम गर्नुहुन्थ्यो । उसकी आमा सफल गृहिणी हुनुहन्थ्यो । उनीहरुको परिवार सुखी एवम् सम्पन्न थियो ।

एकदिनको कुरा हो, जीवको विद्यालय बिदा थियो । त्यसैले ऊ घरमै बसिरहेको थियो । उसकी आमाले हिन्दूहरुको धार्मिक ग्रन्थ, श्रीमदभागवत गीता पढेर अरु मानिसहरुलाई सुनाउँदै हुनुहन्थ्यो । यसै क्रममा उहाँले भन्नुभयो – “हामीले गरिब, दुःखी, अशक्त र असहायलाई दया गर्नुपर्छ र हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ।”