Skip to content

जीवनाथ धमला

अक्षरको बिस्कुन

  • by

मनलाई अक्षरहरूमा पोख्ने बानी आफूलाई पुरानो जस्तो लाग्न थालेको छ । निकै भो त्यसो गर्न थालेको । मन लाग्यो कि अक्षरमा पोखिने केहीबेर गीतमा, संस्मरणमा अनि केहीबेर आलेखमा अल्झने गरेको छु । आलेखमा मनलाई पोख्ने अलिबढी खोजीनिती गर्नुपर्छ । अलिकति बुद्धीले काम गर्नुपर्छ । बुद्धि त पुर्याएँ कि पुर्याइँन, तर केही आलेखहरूमा बरालिएँ । कविता र निबन्धमा भने मनलाई त्यति बाँधिरहनु पर्दैन ।

क्वालालम्पुरमा वेतिनीको सपना

  • by

दक्षिण पूर्वी एसियाको एउटा सुन्दर सहर क्वालालम्पुरमा झण्डै १८ वर्षपछि पुनः पाइला टेक्ने अवसर मिल्यो । २०६४ साल फागुनको अन्तिम साताका चार दिन म क्वालालम्पुरमा रहेँ । टेलिभिजनसम्बन्धी एक कार्यशालामा सहभागी हुन म त्यहाँ पुगेको थिएँ । प्रसारण विकासका लागि एसियाली संस्था -ब्क्ष्द्यम्)को निमन्त्रणाअनुसार बसाइँ सराई र सांस्कृतिक विविधतासम्बन्धी परामर्श गरिने कार्यशालामा सहभागिताका लागि नेपाल टेलिभिजनद्वारा मलाई मनोनयन गरिएको थियो । त्यसनिम्ति २०६४ फागुन २६ गते काठमाडौँबाट त्यसतर्फ गएको थिएँ । म थाई एयरलाइन्सको विमानबाट बैङ्कक हुँदै क्वालालम्पुर पुगेको थिएँ । बैङ्ककमा थाईकै अर्को विमान चढी रातको १२ बजे क्वालालम्पुर एयरपोर्टको टर्मिनलमा उत्रेपछि क्वालालम्पुरको पछिल्लो यात्रानुभव गर्ने अवसर मैले पाएको हुँ ।