Skip to content

जितबहादुर रायमाझी

लोककलाको परम्परागत मौलिकतामा परिवर्तनको प्रभावकारिता

  • by

साधारणतया कलामा मौलिकताको तात्पर्य कुनै पनि कलाकृतिमा स्रष्टाको सिर्जनात्मक प्रतिभा तथा कलात्मक गुणको विशिष्ट पहिचान भन्ने हुन्छ । जसद्वारा अपेक्षित -स्रष्टा र पे्रक्षकले सोचेजस्तो वा चाहेजस्तो) अथवा अनपेक्षित -स्रष्टा वा प्रेक्षकले सोचे वा चाहेभन्दा भिन्न) जुनसुकै रूपको खास प्रभावोत्पादक कलात्मक विलक्षणताको बोध हुन्छ । अर्को शब्दमा कुनै पनि स्रष्टाको आफ्नो कलाको माध्यमले अन्तःस्फूरित भावना, कल्पना वा विचारको अभिव्यक्ति सम्प्रेषण गर्नका लागि प्रतिभाको पहिचान दिन सक्ने जुन विशिष्ट शैलीगत (व्यञ्जना-पद्धतिजन्य) चमत्कार प्रस्तुत गर्दछ जसले दर्शक र श्रोताको हृदय र मस्तिष्कमा स्थायी प्रभाव पार्दछ, त्यसलाई नै मौलिकता अथवा विशिष्ट पहिचानको संज्ञा दिन सकिन्छ ।