आस्थाको फाइल
संसारविभागका निर्देशक श्री ईश्वरदेव उमेरको हद्म्याद पुगी खोसुवामा परे।खाईपाई आएको आस्था अर्चनाको एक लक्ष्यान्श उनले निव्रित्तभरणको रुपमापाउने भए।
निर्देशकको पद खाली हुनासाथ रोल मेरो भनी अन्धविस्वासले दाबा गर्यो। धर्म धुमधुमती पर्यो, कर्म कनपारो कन्याउन थाल्यो। भाग्यले भगवानको साख्ये भाइ म हुँ भनी किरिया खायो। ज्ञान गनगन गर्दै थियो, विज्ञानले सबैको दाबी निराधार हुन् भनी एक-एकको पर्दाफास गर्यो।
