Skip to content

जय भुँडी

मपाईं

  • by

‘तँ’को आदरार्थी ‘तपाईं’ भएजस्तै ‘म’को आदरार्थी ‘मपाईं’ हुन्छ। त्यसैले सभ्य भाषामा ‘तँ’को ठाउँ तपाईंले ओगटेपछि ‘म’को ठाउँ ‘मपाईं’ले नलिनु किन? ‘म’लाऐ संस्कृत वैयाकरणहरुले उत्तम पुरुषको श्रेणीमा पुज्दै आएका छन् भने अरु भाषामा पनि ‘म’को स्थान प्रथमै छ। त्यसैले हामीले पनि बाह्रखरी पढ्दैदेखि ‘म’लाई राम्रो ‘म’ भनी मान गर्दै आएका छौं। जब सँगैको ‘तँ’ जाबोले पदोन्नति पाई ‘तपाईं’ भयो भने ‘म’लाई पदोन्नति दिई ‘मपाईं’ नगराउनु पच्चीसै आना पक्षपात हो, ‘म’प्रतिको अन्याय हो। यसकारण अरुले ‘तपाईं’ भने पनि नभने पनि हामीले आफूलाई ‘मपाईं’ भन्नै पर्छ, यो युगको माग हो; ‘मपाईं’को मन्तव्य यस्तै छ।

लाहुरेको यात्रासंस्मरण

एक त आफ्नो जातै वीर, दोस्रो वीरबाहादुरको झनाति, तेस्रो नामै मेरो वीरबल पाँडे – अब म कत्रो वीर हुँला भन्नै पर्दैन ! त्यसमाथि पनि नेपालको नाइटैबाट जन्मेको कान्तिपुरेकाजी भनेपछि त कुरै खलास । त्यसैले त, वीरधाराको कलकल जल वीरगन्जे ताप्केमा उमालेर सुर्क्याइदिएपछि कहिलेकाहीँ भोजन र सोजन, मेरो भोक त स्वयं भकुरिएर भागिहाल्छ । आखिर भुँडी भर्नुसम्मै त हो, बल र तागत भन्ने वस्तु त बाबुबाजेको नामैदेखि टाँसिएर आएको छँदै छ नि !

अमरावती कान्तिपुरी नगरी

“उहाँ छउन्जेल डिट्ठाविचारीसित बिन्ती बिसाउँदैमा बित्यो, कहिले उडुस-उपियाँको नाचगान हेरेर झ्यालखाना रुङ्दैमा बित्यो, कविता लेख्ने कत्रो धोको हुँदाहुँदै पनि मन फुकाएर मनग्ये ठेली लेख्नै पाइएन” स्वर्ग पुगेकै दिन आदिकवि भानुभक्तले नन्दनवनस्थित उर्वशी-पार्कमा टुसुक्क बसेर अपशोचको एक सुस्केरा हाले । उर्वशी- पार्कको रमिता बयान गरिनसक्नु थियो । त्यसमाथि बिर्खे टोपी र छड्के पछ्यौराको कसिएका निकै पुड्का भानुभक्तलाई त्यहाँ देखेर झुम्मिन आउने रम्भा र तिलोत्तमा आदि चपला अबलाहरूका चनमते आँखा छनमते कम्मर कसले हेरिदियोस् । त्यसैले अपशोचको सुस्केरा हाल्नेबित्तिकै आदिकविले अर्को खुसीको सुसेली पनि छाडिहाले-

कतिका वनिता कतिको रमिता
अब लेख्तछु याहिँ बसी कविता

BhariabAryal

नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नूनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।

म थिएँ त्यस बेला बेनामी अड्डाको बहिंदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि ।

जय भुँडी

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।

पशु – पशुपति र मान्छे

  • by

साँढेको नेतृत्वमा गएको पशूहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र के थिए, जुरो हल्लाउँदै प्रतिनिधिमण्डलको नेताले नम्रतासाथ भन्यो – “तपाईं पशुका पति भएर पनि हामी पशुहरुमाथि कनुनै वास्ता गरिदिनुभएन। तपाईंले पुलपुल्याइदिंदा आज मान्छेले गर्नुसम्म गरिसक्यो। रिसानी माफ हुन्छ भने हामी समस्त पशुहरुको एउटै आवाज छ – मान्छे मात्तियो, मात्तियो तर पशु बिचरो आत्तियो।”