Skip to content

इतर-समय (कविता संग्रह)

युद्ध र शान्ति

  • by

यथावत संक्रमण
लामखुट्टे तुफान चलेको वेला
रोल्वालङतिरका च्छो रोल्पाहरुमा
आइपुगेका छन् उड्ने प्याउराका
अन्तहीन वथानहरु

हत्याको फरमान जारी छ
यसर्थ गंगटाहरुको जुलुश निस्केको छ
जिन्दगीको मृत्यु शडकहरुमा

आकाशदीप

  • by

जीवन अटोप्सी
त्रासद समयका गाथाहरु
प्रत्येक दिन प्रत्येक रात
विग ब्याङ घोषणाहरुको देशमा
बोक्सी घोषित आमाहरु
छोराहरुबाट गु-मुत ख्वाइएका छन्