Skip to content

सरुभक्त

यात्रा

‘कुनै बेला, जब समय थिएन, ब्रह्माण्डको जन्म भयो’ –‘र त्यही प्रक्रियाअन्तर्गत निहारिकाहरू जन्मे, आकाशगङ्गा जन्म्यो, सौर्य परिवार जन्म्यो, पृथ्वी जन्मी । पृथ्वीमा जीवनहरुको जन्म भयो । मान्छे प्रजातिहरुको जन्म भयो । म जन्में । यदि म सय वर्ष बाँचे भनें, जुन मान्छेको पूर्ण आयु मानिन्छ…’

‘सूर्यलाई पृथ्वीले १०० पल्ट परिक्रमा गर्ने अवधि ।’ मान्छे निर्मित मान्छे मानिमाले टिप्पणी गर्यो । गिगो विहीन ।

सम्पिडायग्नोसिस

उसले आफ्नो नाम ‘अश्वत्थामा’ लेखाउनेछ, पिताको नाम ‘आचार्य द्रोण’ र माताको नाम ‘कृपी’ लेखाउनेछ । उसले आफ्नो उमेर अन्दाजी ६ हजार वर्ष लेखाउनेछ । उसले आफ्नो पेसाको ठाउँमा ‘सैन्य सेवा’ लेखाउनेछ । कोष्ठभित्र उसले ‘प्रधान सेनापति, कौरव सैन्य, महाभारत युद्ध’ लेखाउन बिर्सने छैन । अस्पतालको चार्ट होल्डरमा रोगीको असामान्य विवरण पढेर म आफ्नो युगको तर्फबाट छक्क पर्नेछु ।

युद्ध र शान्ति

  • by

यथावत संक्रमण
लामखुट्टे तुफान चलेको वेला
रोल्वालङतिरका च्छो रोल्पाहरुमा
आइपुगेका छन् उड्ने प्याउराका
अन्तहीन वथानहरु

हत्याको फरमान जारी छ
यसर्थ गंगटाहरुको जुलुश निस्केको छ
जिन्दगीको मृत्यु शडकहरुमा

भूपी, क्रिकेट र ब्रेडमन

ऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्‍यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ ब्याटिङ गरिरहेको थियो, त्यो पनि मैले थाहा पाइनँ । उसको अर्कोपट्टि क्रिजमा को उभिइरहेको थियो, मैले ध्यान दिइनँ । उसको विकेटपछाडि को थियो, त्यो पनि मैले याद गरिनँ । मैदानभरि छरिएका फिल्डरहरूलाईर् देखेर पनि सायद देखिनँ । मैले उसलाईर् हेरें, हेरिरहें । कारण ऊ मैले देखेका मानिसहरूभन्दा बेग्लै थियो- कताकता जापानीजस्तो, अनेपालीजस्तो, अपोखरेलीजस्तो…।

प्रशान्ति गाथा


र, म फेरि आइपुगेको छू
प्रशान्ति गीत खोज्दै
ह्याकर बुद्धहरूको माछा बजारमा

लङ्गडा शब्दहरूमा
दुर्घटनाका खबर चुलिँदै छन्
बिहान सबेरै दुई थान ट्रक, एक थान बस, दुई थान नै
मोटरसाइकल र सडकछेक हिँडिरहेको
एउटा मरन्च्याँसे नेपाली अस्तित्व

भेडाच्याङ्ग्राहरुको देश

  • by

हिमालमन्तिर
हिउँझैं फुल्ने
हिमाली भेडाच्याङ्ग्राहरू
खर्क र चरनका यात्रामा
निश्चल अबोधताको जिन्दगी बोकेर
दुनियाँका सबभन्दा पवित्र अज्ञानीहरूझैं
बथानहरूमा जन्मन्छन्

SaruBhakta

सपना र शिव अधिकारीहरू

  • by

यातना घर
इरेजरले मेटिएका अनुहारहरू
स्वयम्भू माफियादेवहरूको अर्चना गर्छन्
यो युग नरभक्षी बाघहरूको युग होइन
नरभक्षी नरहरूको युग हो !
वेवारिसे लासहरू
गाउँ छोड्ने सपनाका लस्कर चलेका छन्

आकाशदीप

  • by

जीवन अटोप्सी
त्रासद समयका गाथाहरु
प्रत्येक दिन प्रत्येक रात
विग ब्याङ घोषणाहरुको देशमा
बोक्सी घोषित आमाहरु
छोराहरुबाट गु-मुत ख्वाइएका छन्

यानीमाया

  • by

यानीमाया उहिले उहिले कास्की जाँदा यानीमाया
यानीमाया देखें बैदाम ताल यानीमाया
यानीमाया पानी हेर्दा आफैंलाई यानीमाया
यानीमाया देखें तिम्रै मुहार यानीमाया
यानीमाया यानीमाया
यानीमाया यानीमाया देखें तिम्रै मुहार यानीमाया

इतर समय

  • by

मृत्युमहोत्सव
पीडाहरुको कोलाहल वगेर
आखेटिक विश्वासहरुमा
धुमकेतु उदाएको वेला
म हब्वलका आँखाहरुले हेर्दैछु
मान्छेका अन्तरिक्षहरु

जेब्राक्रसिङनिर उभिएर

  • by

दुइ ठूला ढुङ्गाबीचको
तरुलझैँ-
पेटीहरूबीच च्यापिएको छ- सडक
जसलाई पार गर्न
म जेब्राक्रसिङ’ को छेउमा उभिएको छु
पेटीबाट ओर्लिएर
कारण
सडक भेट्न पेटीबाट ओर्लिनर्ुपर्छ,
र समय भेट्न
घण्टाघरको र्सर्ुइलाई उल्टो घुमाउनुपर्छ

आँधी, भीर र सपनाहरु

  • by

एकदिन
मनका पहाडहरुले साउती मारेर
जिन्दगीका गीतहरु खोजिरहेको बेला
म कुन आँधीले हुत्तिएर
आँधीहरुको देशमा पाइपुगेको छु
भीरहरुको देशमा आइपुगेको छु