Skip to content

क्यानभासमा कथाहरू

स्मृतिको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, अहिले म आफ्नै कथा लेख्दै छु। मभित्र पनि धेरै कथाहरू छन्। म स्वयम् मेरो कथाको एउटा सशक्त पात्र हुँ। पात्रहरूसँगको बेमेल समीकरण, उनीहरूको पूरा गर्न नसकिने मागहरूदेखि म दिक्क भएर अहिले आफ्नै कथा लेख्दै छु। यो मेरो विगत्को वियोगान्त पे्रमकथा हो। प्रेम वियोगमा मात्र अमर हँुदो रहेछ। मेरो कथाको शब्ब्दकोषमा यो प्रेमकथाका शब्दहरू अमर भएर बाँचेका छन्। जसरी ताजमहल, रानीमहल प्रेमका प्रतिकका रूपमा अमर छन्। यो कथा मेरो फक्रदोँ यौवनकालको हो। जुनकालमा धेरैजसो यौवनाहरूको जीवनमा यस्तो घट्ना घट्ने गर्दछ। मात्र यति हो सबैले सार्वजनिक गर्न सक्दैनन्। जीवन एउटा कथाको सागर रहेछ यहाँ कति कथा लेखिन्छन् कति मेटिन्छन् थाहा हुँदैन रहेछ। हामी कलम चलाउनेहरूले नै लेखेनौँ भने अरू कसले लेख्छ र? त्यसैले मैले आफ्नो कथालाई सार्वजनिक गर्न रुचाएँ।