Skip to content

शर्मिला खड्का (दाहाल)

पूर्णविराम

  • by

उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ छ । शरीरको मात्र विमार भए डाक्टरहरूले निको पार्न सक्थे होलान् तर मनको विमार निको पार्ने खै कहाँ छ र ठाउँ अनि कुन छ औषधि ?

गीतकार बिमल गिरीको गीतिसङ्गह ‘सम्झनाको तरेलीमा’ डुब्दा

  • by

जीवनको क्यानभासमा अनेकाँै रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिँगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली खेल्दै शब्दमा हुर्कैका हुन्छन् । यदि मानिसमा भावाना नुँदो हो त ऊ के हुन्थ्यो होला – मलाई प्रश्न गर्न मन लाग्छ । साँच्चै मानिसभित्र भावना नहुँदो हो त ऊ रङ्ग विनाको क्यानभासजस्तै हुँदो हो । एउटा रङ्गहीन जीवन कस्तो हुँदो होला – कसैले कल्पना गर्न सक्दैन त्यसैले म भन्छु – मानिसभित्र भावना भएर नै ऊ मानिस भएको हो अनि मानिसको इतिहास तयार भएको हो र शास्त्र लेखिएको हो ।

सरिता मलाई माफ गर

दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ ।

‘हैलो…. हो˜ म.. विनोद ए˜˜ ।

अनुभूतिको क्यानभासमा

  • by

कथाकार दिवाकर नेपालीज्यू, केही समयअघि मेरो तपाईंसँग भेट भएको थियो । अपरिचयको आवरणले ढाकेको हाम्रो सम्बन्धलाई किन हो मैले अनावरण गर्न रुचाइनँ । किन रुचाइनँ त्यसको आफ्नै कथा छ । अहिले मेरो मनोदशा सामान्यबाट असामान्य बन्दै गएको छ । लेखनमा लागेपछि मेरा भावनाहरू रित्तो भएझैँ लागिरहेछन् ।

स्मृतिको क्यानभासमा

कथाकार दिवाकर नेपालीज्यू, अहिले म आफ्नै कथा लेख्दै छु। मभित्र पनि धेरै कथाहरू छन्। म स्वयम् मेरो कथाको एउटा सशक्त पात्र हुँ। पात्रहरूसँगको बेमेल समीकरण, उनीहरूको पूरा गर्न नसकिने मागहरूदेखि म दिक्क भएर अहिले आफ्नै कथा लेख्दै छु। यो मेरो विगत्को वियोगान्त पे्रमकथा हो। प्रेम वियोगमा मात्र अमर हँुदो रहेछ। मेरो कथाको शब्ब्दकोषमा यो प्रेमकथाका शब्दहरू अमर भएर बाँचेका छन्। जसरी ताजमहल, रानीमहल प्रेमका प्रतिकका रूपमा अमर छन्। यो कथा मेरो फक्रदोँ यौवनकालको हो। जुनकालमा धेरैजसो यौवनाहरूको जीवनमा यस्तो घट्ना घट्ने गर्दछ। मात्र यति हो सबैले सार्वजनिक गर्न सक्दैनन्। जीवन एउटा कथाको सागर रहेछ यहाँ कति कथा लेखिन्छन् कति मेटिन्छन् थाहा हुँदैन रहेछ। हामी कलम चलाउनेहरूले नै लेखेनौँ भने अरू कसले लेख्छ र? त्यसैले मैले आफ्नो कथालाई सार्वजनिक गर्न रुचाएँ।

ओ! अपराजिता!

  • by

तिमीले फेरि हराएकी छौ मलाई । म तिमीलाई जित्न चाहन्थें । तिम्रो खोट देखाएर तिम्रा सिद्धान्तहरूलाई पछार्न चाहन्थें । तिम्रो कमजोरी औंल्याएर तिमीलाई नैतिक रूपले गिराउन चाहन्थें । तर तिम्रो आदर्श बोली र सहृदयी भावयुक्त मृदुलवचनले म मर्माहत भएको छु । मेरो रिस र आवेशलाई कसरी आगोको अगाडि नौनी गलाएझैं गलाएकी छौ । जब म तिमीलाई पराजित गर्न हर सम्भावनाका ढोकाहरू उघार्छु तब म आफैं पराजित हुन पुग्छु ।

अकल्पित भोगाइ

  • by

“साहुनी …. दुइ कप चिया” प्रत्येक दिनको सूर्योदयको पहिलो झुल्काका साथसाथै उनका कानमा प्रतिध्वनित भइरहन्छन् यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । ‘साहुनी’ भन्नेबित्तिकै कहिले उनी आफैँ “कति कप चिया <" भन्न पुग्छिन् भने कहिलेकाहीँ "साहुनीले बनाएको चिया कति मीठो" भनिदिँदा फुरुक्क पर्छिन् । तर जति मीठो चिया, दूध र चिनीको मिश्रणबाट बनाइएको छ त्यति नै टर्रो छ उनको जीवन ।

निश्चय अनिश्चय

  • by

गाउँमा भुकभुके उज्यालो फैलिईसक्दा नसक्दा एउटा गन्हाउने समाचार पनि फैलिसकेको थियो …सावित्राकी मम्मीले छोरी पाइछ ।’ बिहान उज्यालो हुँदा बिउँझेको यो समाचारले धारा, पाटी, पौवा, खेत गरा, चिया खाने पसल आदि सबैठाउँमा आफ्नो आयतन ओगेटिसकेको थियो ।

बाँसुरीको धुन

  • by

तीन वर्ष पछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्च छाएको थियो । विवाह भई एकपल्ट मैतालु फर्काएपछि म श्रीमान्सँगै विदेश जान पाएकी थिएँ । तीन वर्षसम्म माइत आउन नपाएकी चेली म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजु, ठूलोबुबा-ठूलीआमा, सानोबुबा-सानीआमा आदिलाई गच्छे अनुसारको उपहार ल्याएकी थिएँ ।

वेभक्याम्पको आकृतिविहीन पुरुष

  • by

वासन्ती लालिमा बोकेर धर्ती फुली, फक्री-आकाशले हेर्‍यो उसलाई बैंशले उन्मत्त भएकी धर्ती अदम्य वासना छरिरहेकी थिई । उसले बिस्तारै स्पर्श गर्‍यो । प्रकृति धर्तीकी अभिन्न मित्र थिई त्यसैले उसले पनि सहयोग गरी । आकाशको स्पर्शले धर्ती रमाई । उसको चारैतिर सुगन्धित हावा बग्न थाल्यो । धर्तीले फुलाएकी प्रेमका पालुवाहरू ! आकाशको मीठो समागमबाट यौनको आनन्दित क्षणमा रमाउन थाले ती । धर्तीले भुलिदिई आफूलाई अनि संसारलाई । आकाश सधै धर्तीसँग रहन सक्दैनथ्यो ।

शान्ति हराएको समाज

  • by

म यो सडकमा हिँडिरहेको छु । सडकलाई सडक हुनुको बोध गराइरहेको छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्याक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि हिस्सेदार बन्छु । यसरी हिउँदमा धूलो खानु र वषामा हिलो खानु यो सडकको नियति बनेको छ- मेरो भाग्यजस्तै । सडक धेरै लामो बगेको छ, मेरो जीवनको बगाइजस्तै ।

विद्रोरोहको क्यानभासमा

  • by

कथाकार दिवाकर नेपालीज्यू, मैले पहिले नै भनिसकेको छु, म पात्रको कथालाई उनीहरूको शब्दमा मात्र व्यक्त गर्नसक्छु भनेर । त्यसैले अहिलेे म पात्रहरूको अन्तरव्यथाको कथा लेखिरहेको छु । कुरा के छ भने, मेरा कथाका पात्रहरूस“ग मेरो सम्बन्ध बिग्रि्रदै गएको छ, भनौं चिसिंदै गएको छ । यसरी सम्बन्ध ब्रि्रेको निकै दिन भइसक्यो । अब उनीहरू आन्दोलन गर्ने, सङ्र्घष्ामा उत्रने धम्की दिइरहेका छन् । किनभने, अहिले मुलुक नै आन्दोलन र सङ्र्घष्ाको सङ्क्रमणले क्लान्त छ