Skip to content

मधुपर्क २०६६ भदौ

दुबईको दुई दिन

  • by

मध्यपूर्व अर्थात् पश्चिम एसियामा रहेको दुबईबारे धेरै कुरा सुनिएको थियो, यसपटक घुम्ने अवसर मिल्यो । पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनेजीर भुट्टोले आफ्नो निर्वासित जीवनको धेरै समय दुबईमै बिताएकी थिइन् र त्यहीँबाट पाकिस्तान फर्केपछि उनको हत्या गरिएको थियो । भारतको कुख्यात तस्कर तथा बम्बईमा आतङ्कवादी गतिविधि सञ्चालन गर्ने भनेको दाउद इब्राहिम पनि दुबईमा नै बसेको थियो । नेपाल वायुसेवाले धेरै वर्षसम्म काठमाडौँबाट दुबईसम्म उडान पनि गर्ने गरेको थियो ।

प्रोफेसर डाक्टर निरक्षर

  • by

छयालीस सालमा पुना विश्वविद्यालयबाट पिएचडी गरेपछि र चौवन्न सालमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भएपछि सन्ताउन्न सालमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली भाषा विशेषज्ञ भएर काम गर्न पेइचिङ जाँदा म डाक्टर भएको एघार वर्ष र प्राध्यापक भएको तीन वर्ष पुगेको थियो तर चीन पुगेपछि म निरक्षर भएँ । आफ्नो पृष्ठभूमि बिर्सेरभन्दा सम्झेर निरक्षर हुँदा बेग्लै स्वाद आउँदो रहेछ ।

विद्यार्थी शरणम् गच्छामि !

  • by

“सर, सुर्ती छ ?” जम्काभेटमै प्राध्यापक आदर्शनारायण शर्मासित उनको परमप्रिय शिष्य रणसङ्ग्राम आफ्नो मागपत्र प्रस्तुत गर्दछ । प्रहरीले फेलापरेको अभियुक्तझै“ बन्दछन् प्रोफेसर शर्मा । हडबडमा गडबड होला भन्दै अत्यन्त संयमित हुँदै मसिनो स्वरमा बोल्दछन्– बाबुलाई कुन ब्राण्ड चल्छ कुन्नि ? मसँग पाँचथरी मात्रै छन् ?”

नेपाली हास्यव्यङ्ग्य निबन्ध र दिवङ्गत स्रष्टाहरू

  • by

मास्टरसाहेब (२०३५), घुयेँत्रो (२०५५), झटारो (२०५५) र जिउँदो मान्छेको फेला (२०६१) जस्ता कृतिमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा योगदान पुर्याउने सूर्यबहादुर पिवा सशक्त हस्ताक्षरका रूपमा परिचित छन् । उनले आफ्ना हास्यव्यङ्ग्य निबन्धमार्फत नेपाली जीवनका विविध क्षेत्रमा विद्यमान अनेकानेक कमी–कमजोरी एवं विसङ्गत पक्षलाई सम्बन्धित क्षेत्रसम्म पुर्याउने प्रचेष्टा गरेका छन् ।

रेमिटेन्स, महोत्सव र महायज्ञ

  • by

‘देशको सम्पूर्ण राजस्वले सामान्य घर खर्च पनि धान्दैन’ भनेर टाउको समात्ने हाम्रो देशका अर्थशास्त्रीहरू हिजोआज बेकम्मा बूढाखाडाजस्ता भएका छन् । विचारमा नवीनता आएन भने नवयुवा पनि पुरानैपुराना बूढा हुँदा रहेछन् । हाम्रा पढालेखा अर्थशास्त्रीहरूको हालको सोच म्याद सकिएको औषधिजस्तो भएको छ ।