Skip to content

मधुपर्क २०६६ भदौ

बाटो सोध्दै यतैकतै

  • by

बाटो सोध्दै छु
यतैकतै
बाटो पछ्याउँदै पछ्याउँदै
हिँडिएछ यहाँसम्म
यहाँसम्म आइपुग्दा
आफ्नै जस्तो नलाग्ने स्वभावले
पछ्याइरहेको छ मलाई ।

नोक्सान

  • by

हिजो साँझ पर्नपर्न लागेका बेला अशोकको घर लुटिएछ । टोलका मानिसहरू एक आपसमा कुरा गर्थे कि- यस्तो घटना त उनीहरूले जीवनमा कहिल्यै पनि देखेका थिएनन् । लुटेराहरूले लुट्न पनि एउटा नङमा बाध्ने दसीसमेत बाँकी नराखीकन लुटेर लगेछन् ।

अन्तिम रात

समयले उसलाई यस्तो मोडमा ल्याएर छोडिदियो कि ऊ अब कसैको स्पर्शमा रहेर बाँच्न चाहन्छ । लामो समयसम्म ऊ एक्लो रहँदा आफूलाई कहिल्यै कुनै कुराको असहज महसुस गरेको थिएन । ऊ अरूको भावनालाई सधैँ कदर गर्न खोज्थ्यो तर कहिल्यै सहज र सरल हुँदैनथ्यो । कुनै न कुनै कुरामा ऊ चुकेको हुन्थ्यो ।

रामदयाल चाचा

  • by

धेरै समयपछि म देहात फर्केको थिएँ घुम्नकै लागि । अझै पनि एउटा घर र केही कठ्ठा खेत बाँकी थियो देहातमा हाम्रो । ठेक्कामा दिएका थियौँ । बिचरा ठेक्कावाल पैसा पुर्याउन हाम्रै घर आउँथ्यो । कति सोझो थियो त्यो भने देख्दै टिठ लागेर आउँथ्यो । ऊ देहातमा हाम्रै घरमा बस्थ्यो । बुबाले घर भने सित्तै दिनुभएको थियो त्यसलाई । मेरो परिवारमा सबैभन्दा मनपर्ने मान्छे म नै थिएँ उसको ।

जनआन्दोलनकर्मीहरू

  • by

आज जनआन्दोलन भाग-दुईको आठौँ दिन । बाध्यात्मक परिस्थितिले गर्दा आन्तरिक उडानबाट दिउँसै बास बस्न आइपुगेँ सुनौलीमा । यहाँ त दलहरूले आमहड्ताल थालेदेखि नै डेरा जमाएर बस्न बाध्य रहेछन्-छुट्टीमा आएका इन्डिन आर्मी, लाहुरे अनि उता अध्ययनरत विद्यार्थीहरू । विस्तारै साँझ पर्न लाग्यो, होटलको आँगनमा एकपछि अर्को गर्दै जम्मा हुन थाले लजवासीहरू । हैन, बासीहरू भन्नु उपयुक्त होला । पाल्पा, लमजुङ, पर्वत, तनहूँ कहाँकहाँ हुन्, कहाँ कहाँका ।

आवाज

  • by

ऊसँग आज सडकमै जम्काभेट भयो । अस्ति पनि देखेको थिएँ । हिजो पनि उसले सडकमै दिन कटायो । आज त भेटेँ नै । भोलि पनि उसको स्थान त्यहाँभन्दा माथि जानेवाला छैन । अस्ति कृष्णभक्तको मृत्युको विरोधमा, हिजो वीरभद्रको विरोधमा हिँडेको छ ।

घर

“तेरो बूढा आज पनि त्यही नखरमाउली केटीसँग सुपरमार्केटमा घुम्दै थिए । मैले नदेखेझैँ गरँे । हैन, कति दिन चुप लागेर बस्छेस् ? किन केही भन्दिनस् आफ्नो बूढालाई ?” जुनाकी साथीले पिर मान्दै सोध्दै थिई ।

दृष्टान्त

  • by

उत्तरार्द्धतर्फको पहाडका कन्दराबाट नागबेली पर्दै लमतन्न कसैले ओछ्याएको ठूलो गलैँचा जस्तो तुमलिङ्टारलाई अङ्कमाल गर्दै अविरल बगेको नीलो अरूण नदीलाई फुर्सदमा एकटकले हेर्दै आफ्नो पसलमा अस्मिता बसिरहेकी छिन् । दीलाङको सद्मीमेलामा आफूहरू व्यापारी भएका कारण प्रत्येक पटक तिनीहरूको सहभागिता रहने गर्छ ।

उत्तरआधुनिक प्रेम-पाँच

  • by

इन्टरनेट हेर्दाहेर्दै मेरो औँलाले माउसमा फेरि एक क्लिक दबाउँछ । त्यसपछि कालो हरियो मिसिएको मोडर्नाइज्ड छिटको साडी त्यस्तै मोडर्नाइज्ड ढाकाको चौबन्दी चोलो र ढाकाकै पछ्यौरा ओढेकी मोडर्नाइज्ड युवती कम्प्युटरको पर्दामा टुप्लुक्क देखिन्छे । त्यसको केही छिनपछि अर्की युवती पनि ठीक त्यस्तै पहिरनमा ठीक त्यसरी नै आउँछे ।

सीमा दिदीका हत्यारा !

  • by

‘हलो…. हलो…. हलो………..मामा ! म बोलेको, नेपालबाट….. !’
शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरूपमा भइरहेको हत्या, हिंसा, आतङ्क, लुटपाट, अपहरण आदिको खबरले शेखरजस्ता परदेशमा बस्ने धेरै नेपाली चैनले सुत्न सक्दैनन्, जसका परिवार नेपालमा छन् । उसले यस्तै सम्झियो पक्कै केही दुर्घटना भो कि क्या हो !

निद्रा

  • by

‘जीवनमा प्रशस्त पैसा कमाउन सकूँ’ । संसारमा कसैले गर्न नसकेको शोख मैले नै गर्न पाऊँ ।

उसले सोच्यो- “जीवन धनपतिहरूको उत्कृष्ट उपहार हो ।” धनबिनाको जीवन पृथ्वीको भार शिवाय केही होइन । उसले जीवनको एउटा आदर्श बनायो-सम्पत्ति ।

सहरयात्रा

  • by

“ह्वात्त टाउकोमा केही बजि्रयो र ह्वास्स नाकमा दुर्गन्ध पस्यो । जीउभरि केही खोस्टा, छोक्रा र लिँडका टुक्राहरू भरियो । न आँखा सिधा उघ्रिन सक्यो, न हातखुट्टा नै चले । माथि कताबाट हो कुन्नि स्त्री स्वर सुनियो ‘विनावी’ ।”

जिजीविषा

  • by

सम्मानित जीवन बाँच्न चाहनेका लागि जिजीविषा एक सङ्घर्ष हो । अथक, अविरल द्वन्द्व, प्रतिस्पर्धा र सम्झौताद्वारा मृत्यु पन्छाउने सङ्घर्ष । लक्ष्यमार्गमा बाधा कहाँबाट खस्छ भन्ने कुरा थाहा पाउन निकै कठिन हुन्छ । आफ्नै भनेका, हितैषी ठानेका व्यक्ति पङ्क्तिबाट जब भित्रभित्रै कैँची चलाइन्छ, तब जीवनको अर्थ फगत् बाँच्नुमा टाँक्सिन्छ र सम्मानित जीवनको भागसँग जोडिन्छ ।

जीवन

  • by

मन निर्धन भए जीवन हुँदैन । जीवनमा अवश्य मन हुन्छ तर त्यो मन सुमन हुनुपर्छ । मन दुर्मन भए जीवन झन् बिग्रन्छ । त्यसैले जीवन सुमन हो । यो जीवन गणितको जोडघटाउ जस्तो निक्लने परिणाम होइन । अनि आँकडाले देखाउने प्रतिशत पनि होइन । न यो आदर्शवादी चिन्तनको जड हो, न यो विश्लेषण-संश्लेषणको विस्तृत र सङ्क्षिप्त हो । जीवन मानेमा सब थोक हो, नमानेमा केही होइन ।

डडेलधुराली लोकसाहित्यमा धमारी

  • by

धमारी शब्दको व्युत्पत्ति धमार+ई बाट भएको देखिन्छ । धम+आरबाट व्युत्पन्न भएको धमारी शब्दमा धमले एक किसिमको आवाजलाई सङ्केत गर्छ भने धमार शब्द सङ्गीतशास्त्रमा निकै प्रचलित शब्दको रूपमा रहेको पाइन्छ । धमारी शब्दले एक किसिमको गेयात्मक रागलाई बुझाउँछ भने लोकप्रचलनमा धार्मिक तथा अन्य विभिन्न उत्सव तथा पर्वहरूमा गाइने गीत विशेषलाई पनि सङ्केत गर्दछ ।

जूनेली रात

  • by

जब वर्षा हुन्छ, आकाश रुन्छ । जब झरी लाग्छ, आकाश बिरामी हुन्छ । जब घाम लाग्छ, आकाश हाँस्छ । जब हुस्सु र कुहिरो आउँछ, आकाशले लाजको घुम्टो ओढ्छ, सूर्य पनि कुहिरोमा लुटपुटिन्छ र पृथ्वीवासीलाई आफ्नो तेज प्रकाश दिन निकैबेरसम्म कसरत गर्न विवश हुन पुग्छ तर जब पूर्णचन्द्र उदाउँछ, आकाश दङ्गिन्छ ।

उपत्यकाभित्रका भक्तिगीत तथा भजनहरू

काठमाडौँ उपत्यकाभित्र भजनको परम्परा लिच्छविकालदेखि नै भएको हुनुपर्दछ । किनभने केही लिच्छविकालीन अभिलेखहरूमा ईश्वर प्रार्थनाका हरफहरू फेला परेका छन् । उदाहरण स्वरूप हाँडीगाउँ सत्यनारायण स्थानको अभिलेखलाई लिन सकिन्छ । उक्त अभिलेखको ७३ औँ हरफमा “भगवत्तो द्धैपायनस्य स्तोत्रङकृत मनप्ररमेण” भनी अनुपरम भन्ने व्यक्तिले भगवान् द्धैपायन अर्थात् कृष्णको स्तुति गरेको पाइन्छ ।