डा. माधव पोखरेल
प्रोफेसर डाक्टर निरक्षर
छयालीस सालमा पुना विश्वविद्यालयबाट पिएचडी गरेपछि र चौवन्न सालमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापक भएपछि सन्ताउन्न सालमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली भाषा विशेषज्ञ भएर काम गर्न पेइचिङ जाँदा म डाक्टर भएको एघार वर्ष र प्राध्यापक भएको तीन वर्ष पुगेको थियो तर चीन पुगेपछि म निरक्षर भएँ । आफ्नो पृष्ठभूमि बिर्सेरभन्दा सम्झेर निरक्षर हुँदा बेग्लै स्वाद आउँदो रहेछ ।
