Skip to content

मेची काली गजल दर्पण

किन सुन्नु अरु को कुरा

बिस्वास गर मैले काही दारुपानी खाको छैन
तिमी बाहेक कसैसँग चोखो माया लाको छैन

मन माझ तिमी मात्र अडेकी छौ आजसम्म
कुनै पनि फाल्तु तस्बीर यो नजरमाँ आको छैन’

भड्काउन नानाथरी कुरा लाउन सक्छ मान्छे
तिम्रो कसम यो तनमाँ कसैले नि छाको छैन

काम पर्दा हाटबजार त्यही बाटो हिंड़े पनि
भट्टीवालनी काईलीकोमा म कहिले धाको छैन

गाए होला गित गजल तिम्रै सम्झनामा तर
निर्मोही लाई माया गर्छु भनि गित गको छैन

इलामको यात्रामा

लामा लामा नङ् थिए त्यो मायाको हात मज्जा
मन्द मन्द मुस्कान थियो त्यो मायाको साथ मज्जा

जेन तेन अटाको थ्यो बाध्यतानी थियो तेस्तै
हलचल नि हुन नपाउने ती मान्छेको खात मज्जा

गुनगुनाउदै गर्थिन गित सुस्तरी त्यो हवासँगै
उही बेला थाहा पाए त्यो मायाको गाथ मज्जा

सामिप्यता हुदा पो त मनले चाडो सुन्दो रैछ
मनमनै बोली रहने त्यो मायाको बात मज्जा

एकोहोरो टोलाई रथिन गन्तब्यमा पुग्दा खेरी
याद मात्रै रहयो र नि त्योजुनेली रात मज्जा