प्रेम चापागाईं
अतीथहरु इतिहास बन्छ
आखा आखा मिलाउदाको क्षण
दुइटा मुटु संगै सिलाउदाको क्षण
अतालिएको मन, नबुझ्धाको पिडा
अन्त्यमा विश्वास दिलाउदाको क्षण
अतिथ सम्झदा इतिहास बन्छ
छुटटा छुट्टै मिलाएर खिलाऊदाको क्षण
खुसी खुसी मिलाएर यौटा खुसी बनाउदा
उमङ्गका काडाहरु जिलाऊदाको क्षण
हतारिएर दगुर्दै छिटो छिटो तरेका
खहरेहरु नदीपुगेर बिलाउदाको क्षण
ग्रहदशा चलेपछी यस्तै हो
थाहापायौ चाडै माया फुट्दा कस्तो हुन्छ
फुटीसक्यो मुटु अझ टुट्दा कस्तो हुन्छ
बिरुद्धमा तिमीभन्दा समय बलवान भइदिदा
भोग्नु पर्यो आफ़ैलेनि छुट्दा कस्तो हुन्छ
आफ्ना सबै एकातिर आफु एकातिर हुदा
बिपक्क्षमा आफ्ना जति जुट्दा कस्तो हुन्छ
हिजोसम्म सुम्सुम्याउदै ओरिपरी हिड्नेहरु
सर्बस्व त्यो तिनेरलेनै लुट्दा कस्तो हुन्छ
हुनेबेला आफ्नै घर पर पर भइ दिन्छ
घरकालेनै घरभित्रै कुट्दा कस्तो हुन्छ
धेरै माया चोखो माया जुनी जुनी भन्नेहरु
बदलिएर मायालाईनै चुट्दा कस्तो हुन्छ
जीवनको आरोह अवरोह
झरी बादल बर्षा मौसम बर्खा लागेको छ
छितिजमा झरी बादल निरन्तर सरेको छ
चोटै चोटको चोटेरुलाई दुख्दैनकी सोच्छन क्यार
नत्र किन घोच्छन फेरी हेर्दा सबै फाटेको छ
संघर्सको मैदानपनि कति फराक बनिएछ
एउटा कुनो छितिजमा अर्को पाताल पसेको छ
थुन्दै गयो एका तर्फ़ अर्को तर्फ़ फुट्दै जाने
नथामिने नरोकिने मनमा पैरो लडेको छ
चारै तिर छेक्दै पासो, जाल नजिक आउदै गर्दा
भाग्दा भाग्दै जिबन अचेल साह्रै साह्रै गलेको छ
प्रियसी लाई कन्भिन्स गर्दाको क्षण
नबोलेनी मन भित्र खेल्दै होलान कुराहरु
भित्र भित्रै चल्छन पहिले मसिना ति भुराहरु
तिम्रो साथ न्यानो लाग्यो बात पनि तेस्तै
सजाउने बाचा गर दिन्छु हातमा चुराहरु
उदेस्यमा पुग्नेहरु अकडा र एकोहोरा
थाक्दैनन् ति हारमा पनि बाहादुर सुराहरु
उकास्ने र पछार्नेको खेल हुन्छ यो कलिमा
प्रतिगमन सलबलाऊछन चाल्छन बीचमा छुराहरु
साथ मागे मैले तिम्रो संगै रथ कुदाऊला
तिम्रो एउटा मेरो एउटा दुइटा हुन्छन धुराहरु
विकास बाधक तत्वहरु
मुसा पस्ने दुला दुली थुन्दै थुन्दै जानु साईला
जाल थाप्नु पर्छ पक्का बुन्दै बुन्दै जानु साइला
धान खान नपाएर नारा जुलुस गर्दै होलन
अहिलेपनि कराउदै छन सुन्दै सुन्दै जानु साइला
कमलो छ जता ततै जाही दुलो पार्न सक्छन
यिनै कुरा मनमालीइ गुन्दै गून्दै जानु साइला
दुलोपार्ने भत्काउने यिनको नियती भो
सम्याउने राम्रो विचार तुन्दै तुन्दै जानु साइला
कटेका छन धेरै वटा ओड्ने सिरकहरु यहाँ
सिलाउन सियोमा धागो उन्दै उन्दै जानु साईला
प्रियसी संगको त्यो क्षण
रुख बाहेक हाम्लाई देख्ने तारा अनि जुन थियो
अरु हुदा नबज्ने त्यो संगीतको धुन थियो
बादल लाग्दा छाया पर्थ्यो त्यही छायामा छेल्लिएर
पर्तेकले पर्तेकलाई अलग अलग छुन थियो
झरनाको पानी बाहिर छंग छंग गरि बजे पनि
गड-गडाएर बग्ने केवल नसा भित्र खुन थियो
रसिला ती मोती दाना जुन ताराले बर्षाउदा
खान्न खान्न भन्दै खाने त्यही राम्रो गुन थियो
जे -जे आउछ आउदै गरोस जाने जादै गर्छ
मलाई, उनि मेरी म उनको त्यती मात्र हुन् थियो
आट थियो जात थियो भरोसा र साथ थियो
आजपनि बहकिन्छ मन अनि साथी सोध्छन कुन थियो
पैसा कमाउन बिदेसिएका सोर्गबासी श्रीमान को यादमा श्रीमती
समुन्द्र पार तरेर गयौ छुटायौ सम्बन्ध
माया र प्रेम छरेर गयौ फुटायौ सम्बन्ध
ह्रदयमा पस्यौ तनमा खेल्यौ सजियौ आखामा
यौवन मेरो चोरेर गयौ चुटायौ सम्बन्ध
आकासमाथी उड्नेछु भन्थेउ उतै पो बसेछौ
छोडेर साना लाला र बाला टुटायौ सम्बन्ध
दौतरी तिम्रा छिमेकी साथी बिर्सेका कहाँ छन
सबैलाई आफै बिर्सेर उतै जुटायौ सम्बन्ध
सृष्टिको खेल दैबको लिला कुन खेल रच्या हुन्
त्यही खेलमा तिमी परेछौ प्यारा लुटायौ सम्बन्ध
म कस्तो छु त
खनी जोती बिऊ बिजन छर्नु परे छर्छु मत
माटो त के ढुंगा संग लर्नु परे लर्छु मत
साथी संगी मरिमेट्ने सानै देखि बानी लाग्यो
माना पाथी जे भेटिन्छ भर्नु परे भर्छु मत
यात्रा गर्दा रोक्ने हरु छेक्ने हरु खबरदार
बाटो छेक्ने हरु सँग पर्नु परे पर्छु मत
मेची देखी काली सम्म जहाँ जानु पर्छ मैले
काम पर्दा भिर पाखा नदी नाला तर्छु मत
नम्लो ड़ोको कुटे बोकी हिड़ने मान्छे परियो
धामी बैध ज्योतिसीनि गर्नु परे गर्छु मत
मेरी उनी
कथा व्यथा गाथा उनकै सुनिदिउ जस्तो
उनलाईनै जिबन साथी चुनिदिउ जस्तो
तानाबाना मिलाएर अल्मल्याउदै आफैसंग
मिलाएर आधा आधा उनिदिउ जस्तो
हरेक पल हरेक क्षण मुटु भित्रै सजाई राख्न
कोठा भित्र हुदा झ्याल थुनिदिउ जस्तो
लाखौ लाखमा एक उनि रोजाइमा पर्दा ,लाग्छ
जुनी जुनी सयौ जुनी ,जुनीदिउ जस्तो
पर पर अलग अलग -अलग अलग कति हिड्नु
माया जाल नफुत्किने बुनिदिउ जस्तो

ढाल बनाएर सोझाहरूलाई तात लगायो