Skip to content

हाम्रो संगम त्रैमासिक साहित्यिक पत्रिका (चुलाचुली इलाम)

कुरा चल्दैछ तिम्रो बारे

सबलाई थाहा छ आजभोलि कहाँ सधै पस्छौ तिमी
मध्यरातमा संकेत गरी टाढा मुनि बस्छौ तिमी

हाम्रो देस प्यारो देस

हातेमालो गरि हामी मेची काली गर्नु पर्छ
हिमाल पहाड तराई मदेश मिलीजुली भर्नु पर्छ

पहाडको अनिकाल तराई ले धान्नु पर्छ
तराइमा गर्मी बढे पहाडमा सर्नु पर्छ

भाई फुटे गबर लुटे नौलो छैन संसारमा
परीआउदा भाइका लागि दजुलेनी लर्नु पर्छ

छेत्री लड्दा मगरले काध हाली बोक्नु पर्छ
कोशी फुट्दा सगरमाथा शिरमा आशु झर्नु पर्छ

तराइमा पराइले किल्ला हाम्रो ठेल्न खोजे
भाला तरबार बोकी पहाड जुध्न तयार पर्नु पर्छ

गौतम बुध अरनिको भिर्कुटी र सीता हाम्रो
यिनको काम देश अनि बिदेशमा छर्नु पर्छ