Skip to content

टेढो ऐना

साँचो कुरा

साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ती र दिने उपदेश साँचो बोल भन्ने नै हो । बाह्रखरी विशारददेखि लिएर विद्वत् शिरोमणिसम्मका गुरुहरूको पहिलो दीक्षा र सानो वर्णमालादेखि लिएर महापूराण मालासम्मका ग्रन्थको पहिलो शिक्षा पनि साँचो बोल नै भन्ने सुनिन्छ । भाषा मात्र फरक हो, भावना बुद्धका आर्य अष्टा¨ पढूँ वा क्राइष्टका टेन कम्यान्डमेन्ट सुनूँ ऐजन बमोजिम साँचो बोल्ने आदेश नदिएको कसैले छैन । यसरी सबतिरबाट एक स्वरले चिच्याएपछि कसै न कसैले त साँच्चै साँचो बोलिदिनुपर्ने हो, तर साँचै बोलूँ भने साँचो बोल भनी अर्तीमाथि अर्ती थप्नेहरूकै मात्र बोली केलाउँदा पनि ७५ प्रतिशत झुठ नमिसिएको होला जस्तो लाग्दैन ।