“रोट्रयाक डिसट्रिक कनफ्रेनस र रोट्रयाकटरको यात्रा”
यात्रामय जीवनको यात्रा यत्तिकै पनि कौतूहलपूर्ण हुन्छ । किनकि यात्राले मानसिक आनन्द दिन्छ । ज्ञान दिन्छ । यात्राको नितन्तरतामा जीवनमा नयाँ नयाँ स्वादहरू भेटिन्छन् । त्यसैले मान्छेलाई यात्रा प्रिय लाग्छ । अनि बारम्बार यात्रा गर्न हौसिन्छ मान्छे ।यात्रा जति चुनौतिपूर्ण हुन्छ, त्यत्तिकै रोमाञ्चक पनि हुन्छ । यात्रामा पाएका हण्डर, दु:ख र अप्ठ्याराहरू अनि सु:ख, सुविधा र सुन्दरताहरू नै जीवनका एकएक खुट्किलारूपी पाठहरू हुन् भन्ने लाग्छ मलाई । ती अनुभवबाट नै धेरै कुरा सिक्ने र जान्ने अवसर प्राप्त हुन्छ । त्यसैले यात्रारत रहनु जिज्ञासु मानवीय स्वभाव हो । घुमेर र हेरेर धेरै कुरा सिक्न खोज्नु, मनोरञ्जन लिन खोज्नु अनि ती अनुभवहरू अरूलाई साट्न खोज्नु मानवको मौलिक स्वभाव हो ।
हुन त मैले आफ्नो जीवनमा उतिधेरै यात्राका अवसरहरू प्राप्त गरेको छैन । तर यात्राले दिने आनन्दानुभूतिबाट पूर्णरूपमा वञ्चित पनि छैन । फेरि अरूका यात्रामय जिन्दगीहरू पढ्दा र सुन्दा निकै छटपटी र उत्साह लागिरहन्छ यात्रा गर्न । लामो यात्रा गर्न । देश र परदेशको यात्रा गर्न । कत्ति पनि नचिनेको नजानेको ठाउँको यात्रा गर्न । सायद मानवभित्रको यायावरीय स्वभाव ममा पनि छ । तर समय र परिस्थितिले जुराउन नसकेको साइतलाई मेरो मनको कुनै रहरले पनि सजिलै बाटो खुलाउन सक्दैन झैं लागिरहन्छ । त्यसैले आजभोलि घरबाट बाहिर निस्केर जिन्दगीका यस्ता यात्राहरूलाई छाम्ने कोसिस गरिरहेको छु । त्यसैले नेपालका बिभिन्न जिल्लाहरु मेरो जीवनका सहयात्री बनेर आउन थालेका छन् । करीब १ बर्ष अगाडि मात्रै नेपालको पर्यटकीय क्षेत्र गुल्मी घुम्ने मौका पाएको थिएँ । त्यो क्षेत्रमा यात्रारत मेरो जीवन गुल्मीका विभिन्न ठाउँमा रमायो । मेरो त्यो आनन्द तालतिर बरालिंदाले पनि निकै प्रकृति तिर डुबी सकेको थिए म ।
