Skip to content

राजेन्द्र गौतम

“रोट्रयाक डिसट्रिक कनफ्रेनस र रोट्रयाकटरको यात्रा”

यात्रामय जीवनको यात्रा यत्तिकै पनि कौतूहलपूर्ण हुन्छ । किनकि यात्राले मानसिक आनन्द दिन्छ । ज्ञान दिन्छ । यात्राको नितन्तरतामा जीवनमा नयाँ नयाँ स्वादहरू भेटिन्छन् । त्यसैले मान्छेलाई यात्रा प्रिय लाग्छ । अनि बारम्बार यात्रा गर्न हौसिन्छ मान्छे ।यात्रा जति चुनौतिपूर्ण हुन्छ, त्यत्तिकै रोमाञ्चक पनि हुन्छ । यात्रामा पाएका हण्डर, दु:ख र अप्ठ्याराहरू अनि सु:ख, सुविधा र सुन्दरताहरू नै जीवनका एकएक खुट्किलारूपी पाठहरू हुन् भन्ने लाग्छ मलाई । ती अनुभवबाट नै धेरै कुरा सिक्ने र जान्ने अवसर प्राप्त हुन्छ । त्यसैले यात्रारत रहनु जिज्ञासु मानवीय स्वभाव हो । घुमेर र हेरेर धेरै कुरा सिक्न खोज्नु, मनोरञ्जन लिन खोज्नु अनि ती अनुभवहरू अरूलाई साट्न खोज्नु मानवको मौलिक स्वभाव हो ।

हुन त मैले आफ्नो जीवनमा उतिधेरै यात्राका अवसरहरू प्राप्त गरेको छैन । तर यात्राले दिने आनन्दानुभूतिबाट पूर्णरूपमा वञ्चित पनि छैन । फेरि अरूका यात्रामय जिन्दगीहरू पढ्दा र सुन्दा निकै छटपटी र उत्साह लागिरहन्छ यात्रा गर्न । लामो यात्रा गर्न । देश र परदेशको यात्रा गर्न । कत्ति पनि नचिनेको नजानेको ठाउँको यात्रा गर्न । सायद मानवभित्रको यायावरीय स्वभाव ममा पनि छ । तर समय र परिस्थितिले जुराउन नसकेको साइतलाई मेरो मनको कुनै रहरले पनि सजिलै बाटो खुलाउन सक्दैन झैं लागिरहन्छ । त्यसैले आजभोलि घरबाट बाहिर निस्केर जिन्दगीका यस्ता यात्राहरूलाई छाम्ने कोसिस गरिरहेको छु । त्यसैले नेपालका बिभिन्न जिल्लाहरु मेरो जीवनका सहयात्री बनेर आउन थालेका छन् । करीब १ बर्ष अगाडि मात्रै नेपालको पर्यटकीय क्षेत्र गुल्मी घुम्ने मौका पाएको थिएँ । त्यो क्षेत्रमा यात्रारत मेरो जीवन गुल्मीका विभिन्न ठाउँमा रमायो । मेरो त्यो आनन्द तालतिर बरालिंदाले पनि निकै प्रकृति तिर डुबी सकेको थिए म ।

“यात्राको गुल्मीमा, यात्रा गर्दा …!”

यात्रामय जीवनको यात्रा यत्तिकै पनि कौतूहलपूर्ण हुन्छ । किनकि यात्राले मानसिक आनन्द दिन्छ । ज्ञान दिन्छ । यात्राको नितन्तरतामा जीवनमा नयाँ नयाँ स्वादहरू भेटिन्छन् । त्यसैले मान्छेलाई यात्रा प्रिय लाग्छ । अनि बारम्बार यात्रा गर्न हौसिन्छ मान्छे ।

यात्रा जति चुनौतिपूर्ण हुन्छ, त्यत्तिकै रोमाञ्चक पनि हुन्छ । यात्रामा पाएका हण्डर, दु:ख र अप्ठ्याराहरू अनि सु:ख, सुविधा र सुन्दरताहरू नै जीवनका एकएक खुट्‌किलारूपी पाठहरू हुन् भन्ने लाग्छ मलाई । ती अनुभवबाट नै धेरै कुरा सिक्ने र जान्ने अवसर प्राप्त हुन्छ । त्यसैले यात्रारत रहनु जिज्ञासु मानवीय स्वभाव हो । घुमेर र हेरेर धेरै कुरा सिक्न खोज्नु, मनोरञ्जन लिन खोज्नु अनि ती अनुभवहरू अरूलाई साट्न खोज्नु मानवको मौलिक स्वभाव हो ।

“युवा पुस्ताको राजनीतिक बिचार र भावी नेपाल”

मेरा धेरै साथी राजनीति मनपराउँदैनन् । जब राजनीतिको कुरा आउँछ, उनीहरू नाक खुम्च्याएर भन्न थाल्छन्, यो फोहोरी खेल हो, स्वार्थी व्यापार हो, अनि पथभ्रष्ट र भ्रष्टाचारको अखडा । राजनीति गर्नेहरू छेपाराझैं रङ्ग फेर्न सिपालु हुन्छन् । कुरा फेर्न सिपालु, ढाँट्न सिपालु, चाकडी र चाप्लुसी गर्न र गराउन सिपालु, नैतिकता, चरित्र र देश बेच्न सिपालु, दंगा फैलाउन सिपालु, लुट्न, त्रास फैलाउन र ज्यानै निमोठ्नसमेत सिपालु आदि-आदि आरोपै आरोपको पहाड ठड्याउँछन् ।

मृत्‍युको मुखमा पुगेर पनि बचियो, त्यो दिन …!

हामीलाई समाजमा अपराध, कालो ब्यापार र समाजलाई हिंसात्मक गर्न पाउने अधिकार बाट रोक्ने समाजबादी यिनै हुन्, यिनलाई ठोक्नु पर्छ भन्दै केही असन्तुष्ट अरु संघ-संगठनका कार्यकर्ताहरूले नेपाल युथ भलुन्टरी क्लबको ९ औं स्थापना दिवस मनाउन बुटवल पुगेका क्लबका वरिष्ठ व्यक्तिहरूमाथि भाला, तरबार र ढुंगामुढा प्रहार गरेका थिए ।

“नयाँ नेपाल र परिवर्तनको लागि युवा शक्ति…!!! “

देश संक्रमणकालवाट गुज्रिरहेको छ । जताततै हत्या, आतंक, अपहरण, विष्फोटन , आगजनी ,लुट ,धम्की, कालोवजारी, सामुहिक नरसंहार र वलात्कार, अभाव तथा अन्यायले मृत्युशैयामा पुयाईएको मेरो देशलाई आज राजनेता होइन इमान्दार देश हाँक्न सक्ने युवाको खाँचो छ । विश्वेश्वर प्रसाद कोईरालाको अवसान पछि मदन भण्डारीले नाटकीय रुपमा मान्छे्को मन जित्ने अभियानले सगरमाथा छुनै आटदा र आस्था धरोहर वन्ने यात्रामा जादै गर्दा उन्को गन्तव्य पुग्न अगावै यात्रा रोकियो र दोस्रो सम्भावनाका राजनेतालाई गुमाउनु पर्यो ।

“एक नजर हेरे पुग्छ ”

(एक नजर हेरे पुग्छ)2 प्यार चाईदैन
त्यो भन्दा अर्को ठूलो संसार चाईदैन !

याद आउदा एक पल बस एक पल सम्झिदीनु
बरु मलाई जीवनको आधार चाईदैन….
त्यो भन्दा अर्को ठूलो संसार चाईदैन !!