कथाको कथा
परिचय
मानव सभ्यता सॅंगसॅंगै कथाको उदय भएको मान्नसकिन्छ। डा. घनश्याम नेपालले कथा बनाउने, भन्ने र सुन्ने परम्परा मानिसले आर्जन गरेको भाषाको परम्परा जत्तिकै पुरानो हो। जुन दिन सृष्टिको आदिम प्रहरमा पहिलोपल्ट मानिसले आफ्नो जङ्गली अवस्थाकै जीवनमा घटेको कुनै घटना आफ्नो गोष्ठीका अरू सदस्यलाई केही ध्वनिहरू, केही हावभाउहरूको माध्यमद्वारा सुनायो वा अवगत गरायो त्यसै दिनदेखि मानव समाजमा आख्यानको परम्पराको सूत्रपात भयो भन्ने कल्पना अचेल निकै प्रचलित हुँदै आएको छ, भनेका छन् ।१ ।
