अपतनहरूलाई श्रद्धाञ्जलि दिँदै अपतन साहित्य परिषदले साहित्यिक कार्यक्रम गर्ने
अपतनहरूलाई श्रद्धाञ्जलि दिँदै अपतन साहित्य परिषदले साहित्यिक कार्यक्रम गर्ने
गान्तोक, 26 अगस्त।
अपतन साहित्य परिषद् सिक्किमले आगामी 23 सितम्बरको दिन गान्तोकमा एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। 1947-मा स्थापित अपतन साहित्य परिषद् 1970 दशकदेखि निष्क्रिय रहेको भए तापनि गत वर्ष यसलाई पुनर्जीवित गरिएको थियो। परिषदले गत वर्ष नै सो कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको भए तापनि 18 सितम्बरको भूकम्पका कारण कार्यक्रम स्थगित गरिएको थियो।

नेपाली कविता साहित्यको इतिहासमा कवि ज्ञानदिल दास र जोसमनी सन्त परम्पराको आफ्नै स्थान र महत्त्व रहेको छ । नेपाली साहित्येतिहासकारहरूले नेपाली कविता साहित्यको प्राथमिक काललाई वीरकाव्य काल र भक्तिकाव्य कालमा विभाजन गरेको पाइन्छ । भक्तिकाव्यलाई पनि सगुण र निर्गुण भक्तिकाव्यको रूपमा विभाजन गरिएको छ । सगुण भक्ति काव्यअन्तर्गत रामभक्ति र कृष्णभक्ति अनि निर्गुण भक्ति काव्य अन्तर्गत जोसमनी सन्त परम्पराअन्तर्गतका सन्त साहित्यलाई राखिएको छ । कवि ज्ञानदिल दास यही जोसमनी सन्त परम्पराका महत्त्वपूर्ण सन्त थिए र उनको साहित्य सिर्जनाले नेपाली साहित्यमा विशिष्ट स्थान लिएको पाइन्छ ।