Skip to content

सामाजिक सञ्जाल मुहार पुस्तिका

मनभरि चोट दिई भुली गए कोही

मनभरि चोट दिई भुली गए कोही
यो मुटुको डाली डाली फूली गए कोही

मैले स्वच्छ अपनत्व देखाएर होला
एकै पलमा मैसँग खुली गए कोही

मेरो सानो मझेरीमा सुगन्ध पाएर
भमरा झैँ रस चुसी डुली गए कोही