Skip to content

-नवकविता मासिक

समयको मझधार

नीलो आकाशमा किन आज
शून्यता छाइरहेछ, त्यो म बुझ्न सक्दिनँ ।
सल्लाको घारी किन नझुलेर
हावालाई पर्खिरहेछ, त्यो मलाई थाहा छैन ।

यौवनका ती मुस्कानहरु कर्तव्यपथमा
पथभ्रष्ट भइरहेछ, त्यो के हो जान्न सक्दिनँ ।
आँट, अठोट र विश्वासले भरिएको आत्मबल
किन नुहिरहेछ, त्यो मलाई ज्ञात छैन ।

होला, शायद कुनै विषाक्त बादल
यहाँ मडारिरहेछ, कसैको यादमा ।

-नवकविता मासिक, कार्तिक, २०५३ अंक ३८