Skip to content

Trichandra

सपनतीर्थ मेलाको किंवदन्ती र महत्व

काठमाडौँको उत्तर–पश्चिम भेगमा अवस्थित टोखामा हरेक वर्ष नयाँ वर्षको वैशाख १ गते सपनतीर्थ मेला लाग्छ । सपनतीर्थ शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ । जात्राको सुरुआत कहिले र कसरी सुरु भयो भन्ने खोजकै विषय हुन सक्छ । चैत मसान्तको दिन बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थमा स्नान गरी टोखाको बिस्केट जात्रा अवलोकन गर्दै भक्तपुरको बिस्केट जात्रामा सहभागी हुने भन्ने लोककथन छ ।

नेपाल संवत् र भ्रम

नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको देशमात्र नभई इतिहासको विविध कालखण्डमा विविध संवतको प्रयोग भएको देश पनि हो । हालसम्मको अध्ययनले नेपालमा सबभन्दा पहिले प्रयोगमा आएको संवत् शक संवत् हो । आजभोलि नेपालमा मुख्यतयाः ३ वटा संवत् प्रचलनमा छन् । केही विदेशी चाड (जस्तैः नयाँ वर्ष जनवरी १, क्रिसमस आदि) मनाउँदा इस्वी संवत्, त्यसपछि सरकारी कामकाज तथा घरायसी कामका लागि विक्रम संवत् तथा चाडवाड, शुभकार्य तथा जन्ममरणका तिथिमितिमा नेपाल संवत् प्रयोगमा छन् ।

नेपालमा किन बढ्दै छ आत्महत्या ?

आजभोलि पत्र–पत्रिकाहरू एव म सञ्चारमाध्यमहरूमा दिनहुँजसो आत्महत्याको समाचारले ठाउँ ओगटेको पाइन्छ । एकप्रकारले मन्द विषसरी फैलिरहेको छ– हाम्रो समाजमा आत्महत्याको शृंखला । किन यसरी तिव्र गतिमा फैलिरहेको छ– यो सोचनीय र चिन्ताको विषय हो ।

स्वभाविकरुपमा मान्छे सम्वेदनाले भरिएको हुन्छ । जीवनका उतारचढावहरूलाई उसले जसरी पनि समाधान गर्नुपर्ने हुन्छ ।

“वर्तमान सपना” मा आल्हादित हुँदा

सपना भन्नाले खासमा निद्रामा हंशले अनुभव गर्ने मनको तरङ्गमा सल्बलाउने सम्भव, असम्भव, हुँदा, नहुँदा कल्पनाहरूलाई पनि सपनामै जोडेर चर्चा, परिचर्चाहरू गर्ने गरिन्छ । एउटा काव्यकृतिको नाम पनि “सपना” समन्वित छ । यद्यपि यो सपना चैं भविष्यको सपना नभएर वर्तमानको सपना– “वर्तमान सपना” हो ।

रातो मत्स्येन्द्रनाथको बाह्रवर्षे मेला

नेपाल विविध धर्म र संस्कृतिमा संसारमै धनी मानिन्छ। काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अँझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरूमध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।

सम्पूर्ण नारीको एकता पर्वः तीज

नेपाल बहुजातिय, बहुसाँस्कृतिक, बहुभाषिक एवं बहुधार्मिक मुलुक हो, यहाँ यी सबै वर्गका आ–आफ्नै धर्म, भाषा, सांस्कृतिक प्रचलन छन् । त्यसमध्ये आधा आकाश ढाकेका महिला अर्थात् पुरुषभन्दा बढी संख्यामा रहेका महिलाहरको समाजमा छुट्टै पहिचान मूल्य, मान्यता विद्यमान छन् र । यसै सन्दर्भमा नेपालका महत्वपूर्ण चाडपर्वहरूमध्ये नारी दिवस, हरितालिका तीजका अवसरमा सरकारी बिदा दिने प्रचलन छ ।

मोतीका हारजस्ता गीतहरु

गीतभित्रै सङ्गीत हुन्छन् भन्छन् । गीत संस्कृतबाट आएको शब्द हो भने सङ्गीत सामवेदबाट । गीत वास्तवमा गेयात्मक र लयात्मक हुनुपर्छ । हुनत गीतको परिभाषालाई आ–आफ्नै तरिकाले अथ्र्याइने गरेका छन् । ‘‘गीत भनेको मनका तालमा लहरहरु सुस्तरी तरङ्गीत गर्नुजस्तै हो’’ विश्व साहित्यकार रवीन्द्रनाथ टैगोर भन्छन् ।

जिन्दगीमा गीत नलेखेपनि गुनगुनाउने थुप्रै भेटिन्छन् । यसले सबैलाई आकर्षित गरेको पाइन्छ । शब्द शक्तिले मन–मस्तिष्कमा हलचल र कम्पन ल्याउनुपर्छ । त्यस जादूको प्रयोगले सबैलाई मोहनी लगाएको हुन्छ । यसको क्षमता हामीले ‘ग्लूमी सण्डे’ (उदास आइतबार) गीतबाट अड्कल गर्न सक्छौं ।

एक नोकरको व्यथा

‘‘भोलिदेखि तेरो नोकरी पक्का ! बिहान घरको काम सकेर नोकरीमा जानु र फर्केर फेरि घरको काममा लाग्नु बुझिस् ?’’

तीन वर्ष अघिदेखि म वहाँको घरमा बगैंचामा काम गर्ने तथा खाना पकाउने काममा लागेको हुँ ।

उसको बुबा

‘‘के भयो राजु ! किन रुदैछौं ?’’

‘‘आज बिहान बिहानै बुबाले आमालाई धेरै पिट्नुभयो ।’’

‘‘किन ?’’

‘‘आज महिनाको १ गते, आमाले बुबासँग रासन किन्नको लागि पैसा मागेकी थिइन् र मैले स्कूलको फिस माग्दा त मलाई पनि पिट्नु भो ।’’

घिमिरेका कृति विमोचन राष्ट्रकवि निवासमा

राष्ट्रकवि माधव प्रसाद घिमिरेले आफ्नै निवासमा यही चैत ७ गते शनिवार सर्जक रामजी घिमिरेका ‘‘हरायौ तिमी बिरानो देशमा’’ (गीतसङ्ग्रह) र ‘‘रामजी घिमिरेका १०१ गजलहरू’’ (गजलसङ्ग्रह) को एक कार्यक्रम बीच विमोचन गर्नुभयो ।

लुई ब्रेल र लुई लिपि

लुई ब्रेलको सम्झनामा विश्वभर ४ जनवरीको विश्व ब्रेल दिवस मनाउँदै आएको छ । लुईले दृष्टिविहीनहरूका लागि ब्रेल लिपिका आविष्कार गरेका हुन् । उनले गरेका योगदानको बारेमा चर्चा गर्नु यहाँ सान्दर्भिक होलान् भन्ने ठानेका छौं ।

सयौ वर्षसम्म अन्धाहरूले कहीँ कतै पढ्न पाएको थिएनन्, जब लुई लिपीको आविष्कार भयो अनि आँखा नदेख्ने दृष्टिविहीनहरूका लागि लुई ब्रेल देवता र लुई लिपि विश्वविद्यालय सावित भयो ।

वर्षभरिका एकादशीहरु, एकादशीको उत्पत्ति र महिमा

परापूर्वकालमा ब्रह्माको वंशमा तालजङ्घ नाम गरेको असुर उत्पन्न भएर पछि उक्त दानव ‘मुर दानव’ नामले प्रसिद्ध भयो । सो दानवको अत्याचारले स्वर्ग लोकका देवगणहरु हैरान थिए । सोही दानवलाई समाप्त गर्नका लागि भगवान विष्णुको शरीरबाट अत्यन्त रुपवती एवं दिव्य अस्त्र शास्त्रले युक्त कन्या प्रकट भइन् । भगवानको तेजको अंशबाट उत्पन्न भएकी ती पराक्रमी कन्याले मुरलाई खरानीको थुप्रोमा परिणत गरिदिइन् । तिनै कन्याको नाम साक्षात् एकादशी थिइन् ।

नेपालको ३५ जिल्ला कहिले ७५ जिल्ला बने ?

हामीले विद्यालय पढ्दादेखिनै नेपाल १४ अञ्चल ७५ जिल्ला भनेर पढ्दै आइरहेका हौं । तर वि.सं. २०१७ साल अघि सम्म पनि नेपालमा ७५ जिल्ला नभै ३५ जिल्लामा मात्र सिमित थियो ।

राजा महेन्द्रले वि.सं. २०१७ पुस २० गते राजनीतिक दलहरू माथि प्रतिबन्ध लगाएर देशमा पञ्चायती व्यवस्था लागु गरेको २ महिना पछि अर्थात् वि.सं. २०१८ वैशाख १ गतेका दिन प्रशासनिक दृष्टिले नेपाललाई ७५ जिल्लामा विभाजन गरिएको थियो । यसभन्दा अगाडि ३५ जिल्ला थियो, तिनै ३५ जिल्लाको नाम र त्यसबाट बनेका ७५ जिल्लाको नामाकरण यसप्रकार छः–

मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने जिल्लाहरूको नाम कसरी रहन गयो ?

नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले वि. सं. २०२९ सालमा ४ विकास क्षेत्रमा र पछि वि. सं. २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई ५ विकास क्षेत्रमा विभाजन गरिएको हो । त्यसभन्दा अगाडि वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो ।
आज यस लेख मार्फत् मध्यमाञ्चल विकास क्षेत्रभित्र समाहित १९ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी गराउँदैछु ।

१. धनुषा : रामचन्द्रले भाँचेको शिवधनुको एक भाग खसेको ठाउँ हुनाले धनुषा
नाम रहन गएको भनाई रहेको छ ।

पूर्वाञ्चल विकास क्षेत्रभित्र पर्ने जिल्लाहरूको नाम कसरी रहन गयो ?

वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो । नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले २०२९ सालमा ४ विकास क्षेत्रमा र पछि २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई ५ विकास क्षेत्रमा विभाजन गरिएको हो । आज यस लेख मार्फत् पूर्वाञ्चल विकास क्षेत्रभित्र समाहित १५ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी गराउँदैछु ।

१. झापा : स्थानिय राजवंशी भाषामा ‘झाप’ को अर्थ ‘ढकनी’ वा ‘विर्को’ हुन्छ । शताब्दियौदेखि बनजंगलले ढाकिएको ठाउँ हुनाले ‘झापा’ नाम रहन गएको बुझिन्छ ।

१४ अञ्चलको नामाकरण कसरी भयो ?

हाम्रो देश नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको छ, यी अञ्चलहरुको नामाकरण कसरी भयो भन्ने बारेमा केही जानकारी प्रस्तुत गरेको छु ।

१. मेची अञ्चल :
नेपालको पूर्वी सीमा मेची नदीको आधारमा मेची अञ्चल भन्ने नाम राखिएको हो । मेची नदीको नाम कसरी रहन गयो भन्ने बारेमा सम्भवतः मेचे जातिको बसोवास क्षेत्रमा बग्ने नदी हुनाले मेची नाम रहन गएको भनाई छ । यो नदी भारत र नेपालको साँध छुट्याएर उत्तर इलाम जिल्ला र भारतको दार्जीलिङ जिल्लाको साँधै साँध पहाडबाट झर्दै तराईमा झापा जिल्लाको पूर्वी सिमानामा बगेको छ ।
पहाडतर्फ ताप्लेजुङ, पाँचथर, इलाम र तराईतर्फ झापा समेत गरी चार जिल्लाहरू समावेश भएको मेची अञ्चलको क्षेत्रफल ८,१९६ वर्ग किलोमिटर छ ।

रातो मत्स्येन्द्रनाथ रथयात्रासँग भोटोजात्राको सम्बन्ध

नेपाल सानो भएतापनि विविध धर्म र संस्कृतिमा भने संसारमै धनी मानिन्छ । नेपाल अर्थात् काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएकोे शहर, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरु मध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।

पानीमा बाँचेको हाम्रो जीवन (त्रिचन्द्र ‘प्रतीक्षा’)

वैज्ञानिक तथ्य अनुसार पानीलाई (H2O) भनिन्छ । अर्थात् पानी हाइड्रोजन र अक्सिजनको एक यौगिक हो । यस यौगिकमा आयतनको हिसाबले हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग हुन्छ । यी दुई ग्यासको गुण एकदमै छुट्टाछुट्टै हुन्छ । सहि रुपमा भन्दा शुद्ध अवस्थाको पानीको कुनै रंग, गन्ध र स्वाद हुँदैन ।

नयाँ वर्षको आरम्भ, नयाँ वर्षः कहाँ कसरी

विश्वका प्रायशः सबै मुलुकहरूमा इस्वी सन्को आधारलाई मानेर जनवरी एक तारिखदेखि नयाँ वर्षशुरू भएको मानिन्छ । तर हाम्रो देशमा विक्रम सम्वत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै बैशाख १ गतेबाट नयाँ वर्ष शुरू भएको मानिन्छ । नेपाली समाजमा हरेक सालको सौरमानको हिसाबले यस दिनदेखि सूर्यले १२ राशीको आफ्नो एक वर्षे यात्रा पूरागरी मीन राशीबाट पुनः मेष राशीमा प्रवेश गर्दछन् । सौरमानलाई नै समय मापनको मुख्य पद्धति मान्ने विक्रम सम्वत् अनुसार यस दिनदेखि नयाँ वर्ष शुरू भएको मानिन्छ । बैशाख १ गतेलाई मेष संक्रान्तिको नामले पनि चिनिन्छ ।

नव वर्षको शुभारम्भ –त्रिचन्द्र प्रतीक्षा

विश्वका प्रायशः सबै मुलुकहरूमा इस्वी सन्को आधारलाई मानेर जनवरी एक तारिखदेखि नयाँ बर्ष शुरू भएको मानिन्छ । तर हाम्रो देशमा विक्रम सम्वत्ले राष्ट्रिय मान्यता प्राप्त गरेको हुनाले नै बैशाख १ गतेबाट नयाँ बर्ष शुरू भएको मानिन्छ । राजा विक्रमादित्यले दिग्विजय गरेपछि आफ्नो नामबाट सम्वत्सर चलाएका थिए । त्यसैलाई विक्रम सम्वत् भन्ने गरेको हो भन्ने भनाई छ ।