Skip to content

बर्दियाली गजल सरोवर गजल संग्रह

एकान्त नै मीत भएछ

मेरो कविता तिमीलाई गीत भएछ
मेरो हाँसो तिमीलाई प्रीत भएछ

जीन्दगीमा केवल असफलता पाएँ
मायामा तिम्रो नै जीत भएछ

यात्रामा हरपल अवरोध आएपछि
मेरो जीवनको त्यही रीत भएछ

कुन्नी खै ? कस्तो माया लाएछु मैले
बिहानीसँगै विलाई जाने शीत भएछ

अनायसै तिमीबाट विश्वासघात पाउँदा
मेरो लागि एकान्त नै मीत भएछ