Skip to content

सोमश्री अनुरागी

20160515_SomshreeAnuragi-News

डा.गोपाल प्रसाद शर्मा अधिकारी र पत्रकार पूर्णलाल चुके सम्मानित

भेरी साहित्य समाज नेपालगन्जले प्रेमप्रकाश मल्ल मधुकर प्रथम बार्षिक स्मृति सभाको आयोजनामा प्रेमप्रकाश मल्ल मधुकर पुरस्कार एवं सम्मान तथा बहुभाषि कवि गोष्ठी सभा सम्पन्न गरेको छ ।

प्रेमप्रकाश मल्ल मधुकरको रचनाहरूलाई प्रकाशित गरी चिनाउने कार्य गरेको भन्दै दुई जनालाई नेपालगन्जमा एक समारोह विच सम्मान गरिएको छ ।

20160312_SomshreeAnuragi-News

नेपालगञ्जमा तीन जना साहित्यकार सम्मानित

मध्यपश्चिम स्रष्टा समाज, नेपालगन्जले आज तीन जना स्रष्टाहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको छ ।

गीत र गजलमा कलम चलाएको भन्दै गीतकार तथा गजलकार डा.कृष्णजङ्ग राणा नेपाली साहित्यमा योगदान पुरयाएको भन्दै आख्यानकार नयनराज पाण्डे, अवधि भाषा र हिन्दी भाषा साहित्यमा योगदान पुर्याएको भन्दै अवधि सर्जक विष्णु कुमाललाई सम्मान प्रमुख अतिथि प्राज्ञ सनत रेग्मीले दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Bimochan Pasnak Panwa (1)

पस्नक् पन्ह्वा बिमोचित

जंग्रार साहित्यिक बखेरी मलेशियाको प्रकाशन पस्नक् पन्ह्वा संयुक्त गजल संग्रहको बिमोचन भएको छ ।

जेठ ३० गते २०७२ मा त्रिवि कीर्तिपुर परिसरमा ठुम्रार साहित्यिक बखेरीके २८औं शृंखला कार्यक्रमको अवसरमा कृति बिमोचन भएको हो ।

प्रेम दिवश र उनी……

उनीसंग मेरो पहिलो भेट
हातमा मेरो रातो गुलाबको फूल
नयन मेरा प्रतिक्षामा……..
केवल उनकै प्रतिक्षामा……
उनीसंगको सामिप्यतामा
भलाकुसारी हुदै जाँदा
मायाको चिनो एकअर्कामा साट्दै
पलाएको हाम्रो माया
बिस्तारै गाढा बन्दै गयो
र जिवनमा बशन्त बहार आयो ।

मन

कहिलेकाहीं मन नहुदाँ नहुदै रिसाउन मन लाग्छ
आफनै मान्छेको मन दुखाउन मन लाग्छ
अपसोच कति समय सकिन्छ र ? नबोली बस्न
रिसाएको मान्छेलाई फकाउन मन लाग्छ

एकान्त नै मीत भएछ

मेरो कविता तिमीलाई गीत भएछ
मेरो हाँसो तिमीलाई प्रीत भएछ

जीन्दगीमा केवल असफलता पाएँ
मायामा तिम्रो नै जीत भएछ

यात्रामा हरपल अवरोध आएपछि
मेरो जीवनको त्यही रीत भएछ

कुन्नी खै ? कस्तो माया लाएछु मैले
बिहानीसँगै विलाई जाने शीत भएछ

अनायसै तिमीबाट विश्वासघात पाउँदा
मेरो लागि एकान्त नै मीत भएछ

नारीहरु

तीजका गीतमा मनका वह पोख्छन् नारीहरू
अँझै किन पति देवको पाउ ढोग्छन् नारीहरू
समाज बिस्तारै परिवर्तन हुदैछ आजभोलि
महिला हिंसा र कुसंस्कार रोक्छन् नारीहरू

आजभोलि

सत्यता र ईमान्दारिताको काम छैन यहाँ
साधु र सज्जनको ईज्जत नाम छैन यहाँ
मानवीयता हराउँदै गएको छ आजभोलि
सुरक्षित मन्दिर, मस्जिद, धाम छैन यहाँ

सोमश्री अनुरागी

सपनीमा तिम्रै याद

सपनीमा तिम्रै याद आउन थाल्यो आजभोलि
ढुकढुकीले तिम्रै गीत गाउन थाल्यो आजभोलि
के भएको छ ? कुन्नि आज यो अनुरागीलाई
चन्चल मन तिमितिरै धाउन थाल्यो आजभोलि

गाउँघरमा

बर्षाको झरी संगै रोप्दै होलान् गाउँघरमा
असारे भाकाहरु छोपदै होलान् गाउँघरमा
आफू भने परदेशमा गाउँकै याद आउँने
साथीभाई खेतबारी जोत्दै होलान् गाउँघरमा