Skip to content

chukuprakash

आज बल्ल च्याटमा आइन मेरी पातली

आज बल्ल च्याटमा आइन मेरी पातली
ईन्टरनेटमा माया पाहिन मेरी पातली

सधैभरी फोनमा मात्रै तड्पिएकी उनी
च्याट बक्समै चुप्पा खाइन मेरी पातली

सुमधुर मिठो स्वोर फोनमा सुनाउथिन्
अन्लाइनमानै गीत गाइन मेरी पातली

भित्री मनले चाहेर नि पाहिन तिमीलाई

भित्री मनले चाहेर नि पाहिन तिमीलाई
सुनकै छानो छाएर नि पाहिन तिमीलाई

मिर्मिरेमा गीत गाए बोली पुग्छ भन्थे
स्वोरनै सुक्यो गाएर नि पाहिन तिमीलाई

सधैं भेटे सधैं देखे आफ्नो पन आउछ भन्दै
तिम्रै कालेज धाएर नि पाहिन तिमीलाई

भोको बसें बोको काट्ने भाकल सम्म गरें
दैबिक कसम खाएर नि पाहिन तिमीलाई

टाढा देखी जन्ती आइ तिम्लाई उठाइ लगे
आफ्नै काख्मा भएर नि पाहिन तिमीलाई

भित्री मनले चाहेर नि पाहिन तिमीलाई