प्रकाश अर्याल
“ठुलो भुँडी” को व्यंग्य
गाईजात्रा २०७० को लागि हजुर हरु माझ सानो प्रयास स्वरुप “ठुलो भुँडी” को व्ययङे गर्ने जमर्को गरेको छु कृपया प्रतिकृया तथा सुझावको पर्खाइ मा छु ।
के के हाल्छन् त्यो भुँडीमा चिर्नै पर्ने भो
भुँडी पाल्न जनताले कर् तिर्नै पर्ने भो
सेरे दाइले भुँडी पाल्न मेलन्चिलाई हेरे
कत्ती घिच्या ति भुँडीमा किर्नै पर्ने भो
माधव ओली झाले माले सबै भुँडी वाले
अख्तियारनै त्यै भुँडीमा छिर्नै पर्ने भो
लाटो लड्छ १ बल्ड्याङ बाठो चार अरे
प्राधीकरण घोटला मा गिर्नै पर्ने भो
हिस्स भए बाबुराम हिसिलाले गर्दा
तिन्लाई सुहाउन पेटे भारी भिर्नै पर्ने भो
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
अझै पनि प्रित हुन्छ होला
मेरो रुहाइ तिमीलाई गीत हुन्छ होला
मेरो आसु सँगै तिम्रो जित हुन्छ होला
भित्रै देखी मन पराइ माया गर्न खोज्छु
मेरो माया सुकी जाने सित हुन्छ होला
धोकेबाजलाई माया गर्न फेरी आट्दैछु म
भोली पनि उस्तै उस्तै रित हुन्छ होला
दैब दशा लागे हजुर मेटाउ कसो गरी
मेरो सत्रु तिम्ले पुज्ने मित हुन्छ होला
मन्ले सान्ती पाको छैन हामी छुटेदेखी
झिनो आसा अझै पनि प्रित हुन्छ होला
– प्रकाश अर्याल
नलाङ -7 ,बैरेनी धादिङ
http://chukuprakash.blogspot.com/
भित्री मनले चाहेर नि पाहिन तिमीलाई
भित्री मनले चाहेर नि पाहिन तिमीलाई
सुनकै छानो छाएर नि पाहिन तिमीलाई
मिर्मिरेमा गीत गाए बोली पुग्छ भन्थे
स्वोरनै सुक्यो गाएर नि पाहिन तिमीलाई
सधैं भेटे सधैं देखे आफ्नो पन आउछ भन्दै
तिम्रै कालेज धाएर नि पाहिन तिमीलाई
भोको बसें बोको काट्ने भाकल सम्म गरें
दैबिक कसम खाएर नि पाहिन तिमीलाई
टाढा देखी जन्ती आइ तिम्लाई उठाइ लगे
आफ्नै काख्मा भएर नि पाहिन तिमीलाई
“
भित्री मनले चाहेर नि पाहिन तिमीलाई

किन हेप्छौ तिमी दलित भन्दै