Skip to content

http://nepalpati.com/

म कुमारी आमा

राज्यले नागरिकलाई दिएको पहिचान भनेको एक थान नागरिकता न हो । त्यसवाहेक गरिबी, अभाव र मजस्ता समस्याको चंगुलमा फसेका वेसहारा म जस्ता कयौँ नागरिकहरूले राज्यबाट के पाएका छन् र ?

मैले सानैमा पढेको हुँ । सुनेको हुँ । र मेरो बुझाइमा राज्य भनेको खुला आकाशमा उदाउने घाम जस्तै हो । जसको उज्यालोबाट धर्तीको कुनै हिस्साले अन्याय व्यहोर्नु पर्दैन । मैले बुझ्दै छु यो राज्य त एउटा झुण्डको मात्र हो । जसको वरिपरि राज्य न्यूक्लियस जस्तो घुमेको छ र त्यो कालो घेराबाट बाहिर आउनै सकेको छैन । जसले आजसम्म नागरिकलाई दुःख दिन बाहेक अरु केही जानेकै छैन । यदि त्यसो हुँदैनथ्यो भने आज म मेरी छोरीलाई किन मेरो परिचय दिन सक्दिन ? तँ मेरै रगतबाट जन्मिएकी होस् भनेर किन यसलाई मैले नाम दिन सक्दिन ? कसैले भन्न सक्छ कि यो मेरी छोरी हैन भनेर ?

म तिम्रो सोकेशकी परी होइन

‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली ।

थाहा छैन अब कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अब सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै सजिलो उपाय हुन सक्छ । उसले ह्विस्किको अर्को चुस्की लिई । यो पटक त्यो ह्विस्कीको पुरै चुस्की झनै नशाको गहिराइसम्म पुग्यो र उसको शरीरको तापमानमा पुरापुर अन्तर ल्याइदियो । मथिङ्गलमा झन् ठूलो झन्कार पैदा गरिदियो ।