रामनाथ खनाल

शीरबाट खसेको त्यो गुराँस !


अझै उस्तै होला कि फेरियो होला त्यो गुराँसे लेक ? माथि थुम्कोमा बादलका थेग्लाहरू त्यसै गरि बास बस्न आउँँछन कि आउँदैनन् होला ? कुहुकुहुको श्वरमा बिरह गाउने कोइलीको भाका फेरियो या उस्तै होला ? सिम्लेको फेदिनेर छङ्छङ् खस्ने छाँगोको आवाजमा भिन्नता आयो कि उस्तै होला ? भष्मे मुन्तिर घाम ओरालो लागेपछि ढल्कने दिनका आकार र गोधुलीको रंग उस्तै होला या त्यसमा पनि भिन्नता आइसक्यो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भित्रै भित्रै कुहिएर अत्तर लगाउनु

भित्रै भित्रै कुहिएर अत्तर लगाउनुको के अर्थ
सपनाहरू चुहिएर जिन्दगी पाउनुको के अर्थ

भन्छन् नि जीवनछाया अनमोल छ सब्ले
पाषणझैँ भएर आँखामा छाउनुको के अर्थ

धमिलिएको मन सङ्ग्लिएला अब कहिले ?
यादहरूमा छरिएर निदमा आउनुको के अर्थ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मलेसिया श्रम कि सेक्स ? (कथा)

‘म मलेसिया जान लागेको’, सुरुमा त साथीहरूले पत्याएनन् ।

‘किन, जागिर खोज्न ?’

रमेशले त झन् गिज्याएर बोल्यो ।

रिस उठ्यो र फ्याट्टै भनिदिएँ, ‘हो ।’

कल्पना आफैँ अघि सरेर भनि, ‘हैन व्यारे, त्यहाँ रहेको नेपालीहरूको अवस्था बुझ्न स्थलगत अध्ययनका लागि जान लागेको रे ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म कुमारी आमा

राज्यले नागरिकलाई दिएको पहिचान भनेको एक थान नागरिकता न हो । त्यसवाहेक गरिबी, अभाव र मजस्ता समस्याको चंगुलमा फसेका वेसहारा म जस्ता कयौँ नागरिकहरूले राज्यबाट के पाएका छन् र ?

मैले सानैमा पढेको हुँ । सुनेको हुँ । र मेरो बुझाइमा राज्य भनेको खुला आकाशमा उदाउने घाम जस्तै हो । जसको उज्यालोबाट धर्तीको कुनै हिस्साले अन्याय व्यहोर्नु पर्दैन । मैले बुझ्दै छु यो राज्य त एउटा झुण्डको मात्र हो । जसको वरिपरि राज्य न्यूक्लियस जस्तो घुमेको छ र त्यो कालो घेराबाट बाहिर आउनै सकेको छैन । जसले आजसम्म नागरिकलाई दुःख दिन बाहेक अरु केही जानेकै छैन । यदि त्यसो हुँदैनथ्यो भने आज म मेरी छोरीलाई किन मेरो परिचय दिन सक्दिन ? तँ मेरै रगतबाट जन्मिएकी होस् भनेर किन यसलाई मैले नाम दिन सक्दिन ? कसैले भन्न सक्छ कि यो मेरी छोरी हैन भनेर ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म तिम्रो सोकेशकी परी होइन

‘हिजोआज मेरो जीवन यही रक्सीको नशा झैँ लाग्न थालेको छ’ ऊ मदहोसमै बोली ।

थाहा छैन अब कतिञ्जेल बाँच्छु ? बाचुञ्जेल वाइन र ह्विस्कीको नशा अब सायदै मेरो जीवनबाट छुट्छ । उसको मायावी संसारबाट पार पाउने यो नै सजिलो उपाय हुन सक्छ । उसले ह्विस्किको अर्को चुस्की लिई । यो पटक त्यो ह्विस्कीको पुरै चुस्की झनै नशाको गहिराइसम्म पुग्यो र उसको शरीरको तापमानमा पुरापुर अन्तर ल्याइदियो । मथिङ्गलमा झन् ठूलो झन्कार पैदा गरिदियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘ह्वाइट रोज’

(प्रेम, रोमान्स र वियोगको कथा)

‘ओहो ! रेबु तिमी यहाँ ?’

काम विशेषले चक्रपथ पुगेको म एकछिन टोल्हाउन शंखपार्क उद्यान के पस्न लागेको थिएँ, छेऊमै उभिएकी एक अपरीचित लाग्ने युवतीले म तिर गौर गरी । शिर देखि पाउ सम्म नियालीसकेपछि पुरापुर चिनजानको भाषामा आश्चर्य मान्दै प्रश्न हुत्याई ।

‘हो म यहाँ । तर तपाईँलाई चिन्न सकिन नि ?’ अलमलमा पर्दै सोधेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमाको मन

आज माघ नौ गते । त्यसो त उसको जीवनमा माघ नौ गते आएको पहिलो पटक होइन । जीवनले तीस हिउँद काटीसक्दा समेत माघ नौ गते कहिल्यै विशेष बनेन तर यस पटक उसको जीवनमा माघ नौ गते विशेष बनेर आयो । माथिङ्गलमा स्मृतिहरू चटपटाउन थाले । चलचित्रमा दृष्य घुमे झैँ पुराना दिनको झल्कोहरू ताजा हुन थाले अचानक ऊ यादहरूको भीडमा हराउन पुग्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शहिदहरूको सम्झनामा


ए ! शहिद हो
तिमी मरेर के भयो ?
हाम्रो पीडा उस्तै, व्यथा उस्तै
देश अव्यवस्थामा नै रह्यो

तिमी हाँस्दै फाँसि चढ्यौ
शिर उँचो पार्दै गोली खायौ
व्यवस्था बदलिए, व्यथा त्यही
पात्र बदलिए, प्रवृत्ति उही
खै, हामीले के पायौँ ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अधुरो ईच्छा (यौन कथा)


सुन्नुहोस् न झ्याल थोरै खोलौँ न है ?
कानमा ठोक्किन आईपुगेको न्यानो तथा अपरिचित आवाजले निन्द्रा विथोलिदियो ।
हुन्छ, थोरै खोल्नुहोस् न मैले स्विकृतीको श्वरमा नम्र आवाज फर्काएँ ।
उनले सहजताका साथ झ्याल खोलिन् अनी थोरै सहजताका साथ अगाडी सरिन । मैल पूर्ववत मुद्रामा बसको सिटमा पिठ्यिुँ सोझ्याएँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रण


प्रिय मित्र,
आजभोलि म लेख्दिन कविताका हरफहरू
सजाँउदीन कुनै सिर्जनाका शव्दहरू
कोर्दिन म कुनै कल्पनाहरू
किनकि यो भीड
मृत मगजहरूको हो
वेचेतन बुख्याँचाहरूको हो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समय भन्दा पछि

समरको एक दिन साझँ ढल्कँदै गर्दा ऊ मेरो घरमा आई । सुटुक्क मेरो छेऊमा बसी । एकोहोरो नियाली मलाई परदेशी र अपरिचित मानिसलाई झैँ । ऊ पुरापुर नौली भइसकेकी थिई । पुष्ट यौवन झोलिएको थियो । टिलिक्क टल्किएका र लहरै मिलेका दाँतहरूमा लेऊ भरिएका थिए । अनुहार चाउरिएर ऊ, भिन्न देखिन थालेकी थिई । जीर्ण र थोत्रिएको जीवन बोकेर अचानक ऊ फेरि मेरो ढोका हुँदै प्रवेश गरेकी थिई मझेरीमा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लौन अब केही गर

आफ्नो भोक मासेर उनीहरूको भकारी भरिदियौँ
आफ्नो इज्जत नासेर उनीहरूलाई सम्मान गरिदियौँ

गल्ती भएछ कि के हो पटक–पटक सत्ता चढाइएछ
हाम्रो मत त देश विगार्ने ईजाजत पो बनाइएछ

आफ्नै आङ् नढाकेर उनीहरूलाई बस्त्र फेरिदियौँ
आफ्नो आशुँ नपुछेर उनीहरूको खुसी हेरिदियौँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सपनाको देहावशान

बसन्त ऋतु, मन्द पवनसँगै बग्ने चिसो सन्नटा, मध्यरातको प्रहर घडीको, सूईको दिशा भएर टिक–टिक आवाजसँगै एकनास बगिरहेको समय, श्यामपृष्ठमा फकेका आरुवखडाका सुन्दर प्रीत । ताराहरूको अविश्रान्त चमक, चुक घोप्ट्याएको घगडान रात, बाटो विराएका जुनकिरीका बथानहरू, माउ हराएका झ्याउँकिरीहरूको चिच्याहट, मुर्दा शान्तिको स्निग्धता, उराठ, बैराग र पट्यार लाग्दो लमतन्न रात ।

ऐठन् ।

अशान्ति ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेखबहादुरहरूका सपना

टिनिन्न………………………टिनिन्न……………. ! मध्यरातमा आएको फोन कलले निद्रा खलबल्याइदियो ।

हेलो! हेलो !

रमेश बोल्नु भएको हो ?

हजुर बोल्दैछु ।

कहाँबाट को बोल्नु भयो यति राति ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
ramnath photo

फेसबुक, फेक आईडी र प्रेमको आधुनिक रुप

शरदको एक साँझ समयले गोधुलि निम्त्याउँदै थियो । कार्यव्यस्तताले सामाजिक सञ्जालसँगको सामिप्यता अलि टुटेको थियो । अफिसको कामले त्यति सारो व्यस्त नहुँदा पनि समय मिलेको थिएन । अफिसको काम सकेर एक छिन् टोल्हाउन नजिकैको साईवर छिरेँ ।

सामाजिक सञ्जालमध्ये फेसबुकमा नै आफ्नो विशेष ध्यान जान्थ्यो त्यसैले फेसबुकको होमपेजमा आफ्नो ईमेल र पासवर्ड राखे र लगइनमा माउसको वायाँ वटन दवाएँ । धेरै समय भएछ आफ्नो साईट नखोलेको सय पुग/नपुग नोटिफिकेसन, पच्चिसभन्दा बढी मेसेज र त्यत्तिकै सङ्ख्यामा फ्रेण्ड रिक्वेस्ट आएको रहेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •