‘म मलेसिया जान लागेको’, सुरुमा त साथीहरूले पत्याएनन् ।
‘किन, जागिर खोज्न ?’
रमेशले त झन् गिज्याएर बोल्यो ।
रिस उठ्यो र फ्याट्टै भनिदिएँ, ‘हो ।’
कल्पना आफैँ अघि सरेर भनि, ‘हैन व्यारे, त्यहाँ रहेको नेपालीहरूको अवस्था बुझ्न स्थलगत अध्ययनका लागि जान लागेको रे ।’