उपकारी गुणीव्यक्ति धर्मका हुन् सार
भगवानले लिने गर्छन् विविध अवतार
उनकै संतुलनले चलेको छ यो संसार
यस्ता दीनदयालको गरौं जय जयकार
सबका अधिपतिलाई कल्पवृक्ष ठानौ
धर्मलाई यही वृक्षको मूल जरो मानौ
वेद काण्ड, पुराण शाखा, यज्ञ हुन पुष्प
यही पुष्पबाट प्राप्तफल मोक्ष भनी जानौ