Skip to content

सदानन्द अभागी

अनुस्मृतिका तरङ्गहरूमा तरङ्गित हुँदा

  • by
SadanandaAbhagi-03

परिचय –
विवेच्य विषयवस्तुको चित्रात्मक वर्णन कला, विश्लेषणत्मक क्षमता, तार्किकता र खरो अभिव्यक्ति नै पूर्णप्रसाद अधिकारीका नैबन्धिक विशोषता हुन् ।”
–केदारनाथ खनाल

Read More »अनुस्मृतिका तरङ्गहरूमा तरङ्गित हुँदा

श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा

  • by
SadanandaAbhagi-03

परिचय –

भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना
सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना

Read More »श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा

मैले बुझेको जीवन कति सरल कति कठिनमा अनुशील

  • by
SadanandaAbhagi-03

हो जिन्दगी अद्भुत एक सृष्टि
चल्ने कुनै आकृति तुल्य दृष्टि
आरोह हुन् या अवरोह धेर
बन्यो यही जीवन गाँसिएर

Read More »मैले बुझेको जीवन कति सरल कति कठिनमा अनुशील
SadanandaAbhagi-03

भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर

साहित्यकार भेषराज रिजाल “बालुवाको मुठ्ठी (गीति कविता सङ्ग्रह,२०५७)”बाट कृतिकारको रूपमा उदाएका हुन्। आफ्नै दाजुभाइको मारामारले देश रोएको देख्दा उनको मन पग्लिएर देश रुन दिनुहुन्न भन्ने सन्देश दिँदै “देश सधैँ रुने छैन (कविता सङ्ग्रह,२०५९)” सिर्जना गरे । देश प्रदेशको यात्रासँगै उनको लेखनीले निरन्तरता पाइरह्यो। यात्रामा उनका पाइला जति अघि बढ्थे, त्यति त्यहाँको आर्थिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक, धार्मिक आदि यथार्थतालाई कोर्दै २०६८ सालमा “मेरा पाइलाहरू” र २०६९ सालमा “छरिएका पाइला कोरिएका डोब” नामक नियात्रा सङ्ग्रहहरू पाठकसामु ल्याइपुर्याए। प्रथमतː आफूलाई कविको रूपमा चिनाउन सफल भएका भेषराजको कलम कविताबाट कहाँ अलग्गिन सक्थ्यो र ? २०७२ सालमा “अनमोल पुरस्कारहरू” नामक कविता सङ्ग्रहमार्फत पाठकमाझ फेरि झुल्किए। आज भने रिजालको पछिल्लो साहित्यिक कृति “बिसौनी वल्तिर” (नियात्रा सङ्ग्रह, २०७७)मा घोत्लिन थालेको छु म।

अतृप्त यौन इच्छा

नहुष भन्ने राजाका छ भाइ छोराहरू थिए । जेठा यति थिए भने ययाती माहिला थिए यसरी नै संयाती, आयति, वियति र कृति ययातिका भाइहरू थिए । राजा नहुषले राज्य सञ्चालनको भार यतिलाई दिन चाहन्थे । यतिले राज्य सञ्चालन गर्ने काम लिन मानेन् । यतिलाई राज्य सञ्चालनमा हुने विविध खाले कुकर्महरू, भोगविलासका कर्महरूलाई उनले घृणा गर्दथे । उनले आफ्नै बाबु नहुषले शक्तिको आडमा इन्द्रकी पत्नी शचीसँग सहवास गर्ने कुप्रयास गरे ।

पर्वतको यात्रा एक विवेचना

पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु आउनु मेरो लागि कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुपर्यो । एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, धर्मकर्म आदिको कारणले गर्दा बाध्यतानै परेपछि कार्तिकको २५ गते यात्रा तय गरियो ।

कमल आचार्यको कोसेली भित्र पस्दा

परिचय–
होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा दुईओटा कीर्तिहरू ‘‘कोसेली’’(२०७५) र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । त्यसै दिन विमोचन समारोहमा म पनि सहभागी हुने मौका पाएको थिएँ । उहाँ मसँग पूर्व परिचित भए पनि उहाँको कवित्व शक्तिको बारेमा मलाई थाहा थिएन । उमेरको हिसावले उहाँ मेरो दाज्यू नै पर्नुहुन्छ भने भावनात्मक रूपमा उहाँ मेरो सहृदयी मित्र हुनुहुन्छ ।

मोदीजीलाई पत्र

मोदी तिमी भारतमा राम्रैसँग उदायौ,
छिमेकीहरूमा नयाँ
आशाको पालुवा पलायो
नेपाल भ्रमणमा आयौ
पशुपतिनाथको दर्शन पायौ
तिम्रा गहकिला सम्बोधनले
नेपाली नेता र जनता रमाए,

अहमताको पराकाष्ठा

आज अध्ययन गर्दै जाँदा मेरो अघिल्तिर श्रीमद्भागवत र शिव पूराणका दुई पूराणहरू नजरमा परे । हुन त यी पहिलो पटक मेरो नजरमा परेका होइनन् । मैले कहिलेकाहीं अध्ययन गरेर त्यहाँबाट केही कथाहरू पनि पस्किसकेको छु । श्रीमद्भागवत रामप्रसाद जोशीबाट नेपाली भाषामा अनुवाद गरिएकोलाई पल्टाउन मन लाग्यो र पल्टाएँ । मेरा नजर सिधै उषा र अनिरुद्धको कथामा पर्यो ।

दिलमायाको अधुरो सपना

पहाडै भने पनि समतल फाँटमा जन्मेकी दिलमायाको विवाह माइतीघर नजिकैको ओसेपिलो खोचमा भएको थियो । उनको जन्मेताका छोराछोरी पढाउने चलन थिएन । उनको श्रीमान भने लाहुरेको छोरा थियो । संयोग भनौ उसले एनकेन प्रकारेण गरेर एसएलसी कटाएर नेपाल आएको थियो । उसलाई नेपालको बारेमा त्यति थाहा थिएन तापनि पढेलेखेका मानिसको कमिको कारणले गर्दा शिक्षक जागिर सहजै प्राप्त गरेको थियो । यही यौग्यताको भरले उसले दिलमायालाई विवाह गर्ने सौभाग्य पायो ।

पल्लव साहित्य प्रतिष्ठान र गोर्खे साहिलोप्रति मेरो दृष्टिकोण

पल्लव साहित्य प्रतिष्ठान भरतपुर नगर पालिका –४ विशाल मार्ग नारयणगढ, चितवनमा अवस्थित छ । चितवन विविधताले सजिएको, नारायिणी नदिको किनारमा अवस्थित, देवघाट तथा देवधामको पवित्र वायुले मगमगाएको एउटा सुन्दर जिल्ला हो । नारायण घाट, शैक्षिक संस्था, साहित्यिक संस्था लगायतले सुशोभित सुन्दर बजार पनि हो । यस्तो सुन्दर नगरमा, पल्लव साहित्य प्र्रतिष्ठान एउटा विशुद्ध साहित्यिक संस्थाको रूपमा जल्दो वल्दो अग्रसरता देखाउँदै विभिन्न साहित्यकारका विविध विधाका कृतिहरू प्रकाशन गर्दै आएको छ ।

विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि

परिचय– विश्वेश्वरप्रसाद कोइराला महाकाव्यका सिर्जनाकार हुनुहुन्छ कोशलराज पौड्याल । कोशलराज पौड्यालको जन्म २००३ साल भाद्र २६ गते छहरा गा.वि.स.वडा नं ५, मगाल, पाल्पामा भएको थियो । उहाँ पिता हुमलाल पौड्याल र माता हिमकला पौड्यालका सुपुत्र हुनुहुन्छ । शास्त्रीसम्मको अध्ययन गरेका कोशलको पेशा मा. वि. शिक्षण रहेको र हाल उहाँ निवृत्त हुनु भएको छ ।

जिन्दगीका जङ्घारहरूमा रुमलिन्दा

तन मन सब साझा देह मन्दिर साझा
वन उपवन साझा शैलमाला हिमाल
जल पवन प्रकाश दिव्य माटो छ साझा
तर पनि मन हाम्रो भैदिए नित्य बाँझो

यी माथिका श्लोक, सल्यान गा.वि.स.–८ गैह्राथोक कास्कीमा वि.सं.२००२मा जन्म भै हाल भरतपुर नगरपालिका –६, पारस नगरमा स्थायी बसोबास गर्ने पिता विष्णुप्रसाद उपाध्याय र माता मनरूपा उपाध्यीका कनिष्ठ सुपुत्र डी.डी.शर्मा (डम्मरुदेव शर्मा)ले आजको संसारमा प्रकृतिले प्रदान गरेका सबै चिज साझा हुँदा हुँदै पनि मानव मन साझा हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

गरुडपूराणले अर्थ्याएको शरीरका व्यवहारिक र पारमार्थिक स्वरूपको ब्रह्माण्डका गुणसँग तुलना

मानिस एउटा सचेत प्राणी हो भन्ने कुरा हाम्रा विविध धर्म शास्त्रले हामीलाई अर्थ्याइरहेका छन् । हामीमा यो पनि साक्षात्कार छ कि मानिस जन्मेपछि मर्छ । जन्मेपछि मानिसले धर्म गर्छ भने स्वर्गमा जान्छ र स्वर्गको आनन्द भोग गर्दछ र पाप कर्मबाट नरकको कष्टदायी जीवन बिताउनु पर्छ । यस्तो स्वर्गलोकको भोग धर्ममा लिन व्यक्तिलाई मात्र सम्भव हुन्छ । यिनै व्याक्ति स्वर्ग भोगपछि निर्मल कुलमा जन्म लिन्छन् ।

गरुडपूराणले अर्थ्याएको जीवनचक्र

हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज–पसिनाबाट पैदाहुने (जुम्रा, उडुस आदि) अण्डज–अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज –गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नुभएको हो । योक्रममा स्त्री पुरुषको सम्बन्धबाट ऊ गर्भमा जन्छ, गर्र्भ यातना हुँदै, जन्म लिदै, जीवनदेखि मृत्युतक, कष्ट भोग्दै पुन मृत्युवरण गर्छ, यो चक्र हो निरन्तर चलिरहन्छ ।

वेदप्रसाद शर्मा ढकालज्यूको जीवन यात्रामा रमाउँदा

पिता स्व. प. होटराज ढकाल र माता स्व. उमादेवी ढकालका सुपुत्र श्रीवेदप्रसाद शर्मा ढकालको दोस्रो कृतिको विमोचन, महाकवि लक्ष्मीप्रदा देवकोटाको १११ औ जन्मजयन्तीको शुभ अवसरमा, यही २०७६ कार्तिक ९ गते शिव मा.वि.को सभाहलमा, प्रमुख अतिथि प्रदेशसभा सदस्य माननीय विष्णुप्रसाद लामिछाने ज्यूको करकमलबाट भव्यताको साथमा सुसम्पन्न भएको थियो । आज मैले सरसर्ती पढे र खुसी पनि लाग्यो ।

मृत्तिका र म कवितासङ्ग्रहमा प्रवेश गर्दा

यो देश हाम्रो रसिलो मुहार
मागेन यसले कसैको गुहार
परेन कब्जा छल शत्रुकै यो
जानेन कहिले शिर झुक्न नै यो
(नेपाल राम्रो यस विश्वमा नै, श्लोक १, पृष्ठ ९८)

बूढो समीको रूख

डा. मेघराज ढकाल (२०१३)को जन्म स्थल निबुवाबोट आँधीखोला गाउँपालिका –६ भए पनि हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्दै साहित्य र समाज सेवामा समर्पित हुँदै आउनु भएको छ । उहाँको साहित्यिक यात्रालाई केलाउँदा २०३६ सालमा ‘विश्वदूत ’ सप्ताहिकमा ‘के तिमीलाई लाज छैन ?’ कविता प्रकाशन गरी पदार्पण भएको देखिन्छ । उहाँ २०३८ सालमा सरकारी सेवामा प्रवेश गरेपछि फाटफुट कविताको सृजना गर्दै सेवारत क्षेत्रको दायित्वलाई बोध गर्दै आर्थिक तथा प्रशासनिक लेखतिर उहाँको कलम चलेको पाइन्छ ।

‘जिन्दगीका भासहरू’को शैल्यक्रिया

डा. मेघराज ढकालको जन्म २०१३/०४/२२मा निबुवाबोट आँधीखोला गाउँपालिका –६ मा भएको थियो र हाल वहाँ टोखा नगरपालिका –७ काठमाडौमा बसोबास गर्नुहुन्छ । उहाँ पिता भेजीप्रसाद ढकाल र माता छलीदेवी ढकालका सुपुत्र हुनुहुन्छ । पेशाको दृष्टिकोणबाट हेर्दा उहाँ एक कुशल प्राध्यापक स्वतन्त्र अध्ययन र अनुसन्धानकर्ताको रूपमा आफूलाई परिचय गराउन सफल व्यक्तित्व हो । व्यक्ति एक भए पनि उसको कर्मको आधारमा हेर्दा ऊ बहुआयामिक हुन्छ । डा. ढकालज्यूलाई एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ ।