घोगेकाे सपना
पुलिसले डन्ठा लगाउँदै घोगेलाई सोध्यो – “ए साले, किन चोरिस् ?”
घोगे निरुत्तर रह्यो । रोयो मात्र । उत्तर के देओस् !
घोगे थियो त्यसको नाम । जस्तो भाते खाते वा अरु यस्तै यस्तै नामहरु त्यहाँ काम गर्ने अरुअरु केटाहरूले होटलबाट नाम पाउँछन् । यसले पनि त्यो घोगे नाम उसले होटलबाटै पाएको थियो । बाबु–आमा हुनेहरूले पो न्वारान गरिदिन्छन् र नाम राख्छन् । त्यो फुटपाथमा उम्रिएको तितेपातीको कहाँ बाबु र कहाँ आमा ! कसरी हुक्र्यो, कसको के पथ्र्यो, कहिले जन्म्यो ? त्यो उसैका लागि शून्य छ ।
