Skip to content

नागशैया निबन्ध सङ्ग्रहबाट

तिमीलाई धन्यवाद छ भीम धन्न अमलाको रुख उखेलिदिएनछौ

मेरा जन्मघरको बाहिर सिकुवामा एउटा पुरानो काठको खाट अँझै पनि छ । त्यस खाटबाट सुतेर हेर्दा पश्चिमतिर पारिपट्टि निघुरादिको डाँडो र उत्तरतिर थेचुम्बू गाउँको अस्पष्ट दृश्य मेरा आँखामा पर्ने गर्दछ । खाटबाट अलिकति निहुरिएर हेर्दा पाथीभरा माताको मन्दिर भएको डाँडाको दृश्य टढ्कारै आँखामा आउँछ । पिताजी त्यसै खाटमा खाँडीको बर्को ओढेर बस्नुहुन्थ्यो ।