Skip to content

मेरा हास्य रचनाहरु

पितामाताको नाममा किस्नेको पत्र

माझघरे खँड्काको जङ्गल पस्न बाँकी रहेको एउटै छोरो किस्ने हराएको पनि निकै वर्ष भइसकेको थियो । यस विचमा उनले पहाडको आफ्नो गाउँ, जिल्ला र मधेशमा समेत थाहा पाएका र उसले जान सक्ने ठाउमा सोधी खोजी गरे, मान्छे लाए, सुराक लाए, दसी प्रमाणका लागि अनेक उपाय गरे तर छोराको कुनै अत्तो पत्तो भएन । पुलिसलाई गरेको… Read More »पितामाताको नाममा किस्नेको पत्र

कविको पुरस्कार रासीमा लबस्तराहरुको घोटाला

हेर्दा हेर्दै गैरी गाउँनिर गहतेको गुइँठेले र डबली डाँडा गाउँका डडुवाले समेत कविगोष्ठीबाट पुरस्कार पाएको देखेपछि मलाई खपिसक्नु भएन । साथै उसले एउटो पुस्तकको साथैमा विमोचन्याएपछि ता मेरो ब्रह्मरन्ध्र नै कामेर आयो । अनि त्यसै त्यसै मेरो पारो तातेर आयो । मुलेहरु केही लेख्न जान्नु होइन यसै कविसम्मेलनमा पहिलो दोस्रो भएर पुरस्कारै लफन्ड्याउने । अनि पुस्तक पनि विमोचन गर्ने । कसले कसरी र कुन मौकामा यी बड्कौ्रंलेहरुलाई पुरस्कार बाँडेछ हँ ? मलाई ता यो कुरा पत्ता लगाउने पोे प¥यो खड्गो ।