मेची किनारको जङ्गे पिलर
‘भाइ सा’ब, भाइ सा’ब’ कसैले उतर्सिएर कराएजस्तै लाग्यो ।
मैले दुईसट मारिसकेको क्यामेरा हातमा झुण्ड्याएर यताउता हेरेँ । एउटा भारतीय सैनिक मेरो नजिक आइरहेको थियो ।
‘आप फोटो नही खिच सकते ।’ गाईवस्तुलाई तह लगाउँदा जसरी उसले हातको लौरो मतिर तेर्सायो ।
‘मैले त यो जङ्गेपिलरको फोटो खिचेको ।’ मैँले आफ्नो सफाइ पेश गरेँ ।
‘नही खिच सकते ।’ उसले मेरो हातको क्यामेरा खोस्ला जसरी अगाडि बढ्दै थियो ।
