bheshraj71

लुतो फाल्ने तयारी

आस्थाको असारभरि
मेहनतका बीउ छरेर
खुसी फल्ने विश्वासमा
हर्षित पुलकित
मीठो थकाइसँग रमाइरहेको
साउनको पहिलोदिन
यसपालि फेरि हाम्रो घर
लुतो फाल्ने तयारी छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवनवादी दृष्टिकोणको धरातलमा ‘जीवन लीला खण्डकाव्य’

वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका हरेक सदस्यप्रति समर्पण गरिएको यो कृति ६४+६ पृष्ठमा फैलिएको छ । लीला, जीवन, लीलाका बाबुआमा राम र सीता, जीवनका बाबुआमा पण्डित र बज्यै, मोती, कोठी नायिका, डोटेलकाका, घरबेटी बाजेबज्यै र लीलाको छोरा हिरालाल यस खण्डकाव्यका पात्रहरू हुन् ।

नारायणी नदी तटको समतल फाँट नवलपुरमा जन्मिएकी लीला विद्यालय तहको पढाइ सकेर उच्च शिक्षा हासिल गर्न काठमाण्डौँ पुग्छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिसौनी वल्तिर

आँखामा बास बसेको खुसीको उज्यालो छहलिने बेला हामीले छोड्दैथियौँ नागी कम्युनिटी लजको आँगन ।

हाम्रो खुट्टामा लेकाली शित छोइँदा नागीगाउँ वरपरका पहाडी थुम्कामा लेसारिएको थियो पातलो कुहिरो । रातको झरीमा भिजेको रुखपात र घाँसमा बाँकी नै थियो लेकाली चिसो । हिजोको कुस्त हिडाइले शरीरमा थियो थकाइ र दुखाइ । गाउँघर सम्झेर धाउँदैआएकोले मनमा भने दगुर्दैथियो असीम खुसी, उत्सुकता र जिज्ञासाको बिजुली ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

नि:शब्द शब्दहरू

सम्झाएर मुटुमा बसाउन खोज्छु
फकाएर हृदयमा सजाउन खोज्छु
जसोतसो डोर्‍याएर मनदेखि
छातीसम्म ल्याइपुर्‍याउँछु
तैपनि,
शब्दहरू ओझिला−ओझिला लाग्छन्
शब्दहरू बोझिला−बोझिला लाग्छन्
शब्दहरू नि:शब्द−नि:शब्द लाग्छन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तालिएको सम्झना वेगिएको मन

“एकछिन डुलेर आउनुहुन्छ त ?” मनको इच्छा बुझेरै बोल्नुभएथ्यो सहसचिव काशीराज दाहाल । दाहाल सरको पाहुना भएर पोखरास्थित उहाँको निवासमा बसेका थियौँ हामी ।

“स्वच्छ हावा खाउँन त एकछिन !” सञ्जय अधिकारीको पनि नयाँ अपेक्षा थिएन पोखरासँग ।

“हो, बिहानीको सिरसिरे हावाको उत्सवमा सहभागी बनौँ न त ।” मैले पनि जनाएथेँ सहमति ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्तिम यो भेट हो ?

गायो कोयलले मधूर स्वरले गुञ्जी दियो यो मन
हाँस्यो त्यो वन कुञ्जका अधरमा सौन्दर्य फैलाउन
फैलेथ्यो रविको सफा किरण त्यो छायो नयाँ जीवन
देख्दैछौँ भन ! आज लाल नयनै आँसू लिएको किन ?

नौलो त्यो पथमा नयाँ प्रहरमा हिँड्यौँ र पो भेटियौँ
साथै भै छिचल्यौँ अनेक पिरलो हामी चुलीमा पुग्यौँ
केही खोज गर्यौँ सहर्ष सबले नौलो कुरा थालियो
लोक्‌तन्त्रै विधि कानूनै हुन गई सम्मान ठुलो भयो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘तीन युग एक कथा’, महाकाव्य : एक संक्षिप्त विवेचना

वि.सं २००३ साल साउन १ गते तदनुसार १५ मार्च सन् १९४७ मा पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.को नुवार गाउँमा पिता कलाधर रिजाल र माता नन्दकली रिजालको कोखबाट जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी। कविता, कथा, उपन्यास, गजल, मुक्तक, नियात्रा आदि विभिन्न विधाका थुप्रै साहित्यिक कृतिहरूका साथै माटोलगायत कृषिसम्बन्धी वैज्ञानिक कृतिहरू प्रकाशित गरिसक्नुभएका सदानन्द सरकारी सेवाबाट निवृत्त भई साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रकृतिको आँगन

एक्लै हिँड्नुमा पनि बडो आनन्द रहेछ । र त, प्रकृतिसँग सम्वाद गर्दै हिँडिरहन चाहन्छु म युगौँयुग ।

सम्बत् २०७५ साल भदौ दोस्रोसाता नवलपुरको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयबाट निस्केर छिपेनी टोलतिर सोझिँदा आफैसँग बोलेथेँ म ।

प्रकृतिको आँगनमा निस्कँदा खेतको हरियो उज्यालोले चङ्गिएथेँ । धानको पातमा छोइएको आकास देखेर मुग्ध भएथेँ । कुलोको पानीको मधुरो कलकल, तेजिलो बहाव र सङ्लो लहरसँग सङ्लिएथेँ । त्यही सङ्लो पानीमा पखालिन आइपुगेथे चकचके चरीहरू पनि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राप्तीको रुवाइ

ʽयस्तै तालले पुगिन्छ त गन्तब्यमा ।ʼ गुँडतिर फर्किरहेका चराहरू गोधुलिको धमिलो क्षितिजमा हराउँदैथिए, तब मेरो मनको चरो बोलेथ्यो निसास्सिँदै ।

उज्यालोमै प्युठान खलङ्गा छोडेर बाग्दुला झरे पनि साँझको अत्यासलाग्दो सन्नाटाले छोइसकेथ्यो हामीलाई । नाइटबस चढेर सुन्दर बिहानीमा गन्तब्य टेक्ने हाम्रो अभिलाषा पनि खुम्चिँदै र खिइँदै गइरहेथ्यो पलपल ।

सम्बत् २०७२ साल माघीको दिन घोराहीस्थित बाह्रकुनेदहको मेला हेरेर खलङ्गा पुगेथ्यौँ टोलराज र म । खलङ्गालाई आधार शिविर बनाएर स्वर्गद्वारीसमेत टेकेथ्यौँ हामी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिंगापुरको रङ्गीन सम्झना

BheshRajRijal

सिंगापुर अर्थात् लायन सिटीमा यहाँहरूलाई हार्दिक स्वागत छ ।’ आली सोलोन हाते माइकको गुञ्जनसँगै मुस्कुराइन् ।

विश्वका सत्ताइस मुलुकका मान्छेहरू बोकेको बस चाइना टाउनको छेउछाउबाट गुज्रिरहँदा उनले सबैलाई लठ्याएन्– मरिना वे, गार्डेन वे र सिंगापुर रिभर जाँदैछौँ हामी ।

Read More »सिंगापुरको रङ्गीन सम्झना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेकाली धरोहर फलामेडाँडा

एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा ।

लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु ।

रोपो सरिसकेको खेततिर बगेको कुलोमा भरिभराउ छ मध्यबर्खाको रसिलो पानी । रोपाइँ भइरहेको खेतको मोहक दृश्य दौडिरहेछ आँखाको डिलवरिपरि । हली, बाउसे, रोपाहार र हलगोरुको हलचल चलमलाइरहेछ मनको मझेरीभरि ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सहानुभूतिको लोकमार्गमा

हो, यसरी नै हरेकक्षेत्र मिसिनुपर्छ मुलुकको विकासको गतिमा । तादी खोलो र त्रिशुली नदी मिसिएको देवीघाटमा उभिएर सोचेथेँ मैले ।

देवीघाटको जलमा अनुहार पखालेर स्मरण गरेथेँ नेपाल एकीकरणको इतिहास । आधुनिक नेपाल राज्य विस्तारको थालनी भएको नुवाकोट काठमाडौँको नजिकै भएर पनि दूर्गम जस्तै थियो मेरा लागि । स्थानीय तह निर्वाचनको अनुगमनमा खटिँदा सम्बत् दुईहजार चौहत्तर सालको वैशाखको अन्तिमसाता नुवाकोटे भूमि टेकेथेँ मैले । स्थानीय तहको निर्वाचनलाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था कार्यान्वयनको पहिलो पाइलो ठानेर आफू पनि मुलुकको एकीकरण अभियानमै सामेल भएको सम्झी चौडा छाती बनाएथेँ मैले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नारायणीको तिरैतिर

शीतले नुहाएका देवचुली र वरचुली बिहानीको कलिलो घाममा अनुहार सुकाइरहेथे । आकाससँग अंकमाल गरिरहेका चुरेका अरू चुलीहरू पनि नवलपुरबासीसँग मुस्कुराइरहेथे । रङहरुको फागु खेल्दै आकासमा पौडिन तम्तयार देखिन्थ्यो सूर्य । रक्तिम आभाले अनुहार धोएर वासन्ती वहारमा मन बहलाउन निस्किँदै थियौँ हामी दम्पति पनि ।

सम्बत् २०७५ साल वैशाख ७ गतेको उज्यालो बिहानको जस्केलो टेकेर लोकाहा खोलाको किनार समात्दै दक्षिणतिर हानिएथ्यौँ हामी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अतितका दागहरु

अतितका दागहरू धुनुपर्ने थियो
आफन्तका आँखा छली रुनुपर्ने भयो ।

फुटी हाले आफ्नो मुटु बाँच्ने कसोरी हो ?
छुटी हाले प्यारो साथ हाँस्ने कसोरी हो ?
आफ्नैसँग पिरहरू फुनुपर्ने थियो
आफन्तका आँखा छली रुनुपर्ने भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यसपालि म घर जाँदा

यसपालि म घर जाँदा
गाउँघर नै फरक भएछ ।

बाटोको अगल बगल बिरानो भएछ
मुख्य बाटो बनमाराले ढाकेछ
छेउछाउबाट चोरबाटो थपिएछ
पूर्व–बाटोमा काँढा लागेछ
पश्चिम–बाटो पूरै भत्किएछ
उत्तर–बाटो बेखबर हराएछ
दक्षिण–बाटो कतै दूर भागेछ
चौबाटोको वरपिपल ढालिएछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुख्यो भित्र–भित्र

आज एउटा पीरले दुख्यो भित्र–भित्र
सम्झाउन साह्रै गाह्रो भाँडिएको चित्त

घाम छायाँ हावा हुरी झेल्दै खुसीखुसी
बुर्कुसिँदै मनका फाँट खेल्थेँ गाउँबेसीँ
विरक्तियो जीवनसरि गाएको गीत
अनायास टुट्न लाग्यो जीवनको सूत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनमा छरिएको उज्यालो

‘बाइरोडको बाटोमा धुलो उडाउँदै … ‘ नौबिसेबाट भैँसेतिर हानिँदा कसैले सम्झ्यो नेपाली गीत ।

मुग्लिन नारायणगढ सडक खण्डको बन्द छल्न हेटौँडा निस्केर नवलपुर जाँदैथियौँ हामी ।

त्रिभुवन लोकपथ काठमाडौँ उपत्यका र तराई–मधेश जोड्ने नेपालको पहिलोसडक भए पनि पुरातन स्वरुपमै भेटियो । सडकसँग छोइएका गाउँबस्ती पनि गरिब र निर्धा नागरिकसरह देखिए । पातको साँघु हालेर गुजारा चलाएजस्तो देखिने गाउँले दिनचर्यामा कतै भेटिएन बाटोको डोबको प्रतिविम्ब ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हराउँ भने बादलुमाथि

सरौँ भने बसाइँ अन्तै
तोडिन्छ कि मायालु दोस्ती
हराउँ भने बादलुमाथि
छोडिन्छ कि यो मेरो गाउँबस्ती

दहमा खसे निभ्नेथ्यो ज्वाला उड्ने भो जीवन
गहमा उर्ले बग्थ्यो कि बह डुब्ने भो नयन
विरह पोखे हाँस्थ्यो कि मन रुने भो त्यो मन
चाहमा भुले बाँच्थ्यो कि सपना दुख्ने भो विपना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

‘तन्नेरी हजुरबा’ उपन्यास : सामाजिक कुरीतिउपर गतिलो प्रहार

वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स., वडा नं. १, हाल फलेवास नगरपालिका, वडा नं. ३, नुवार, ठूलाघरमा माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी । बि.एस्सी. (एजी) शैक्षिक उपाधि हासिल गरेका उहाँ ३४ वर्ष सरकारी सेवामा रही हाल नवलपुर जिल्लाको कावासोती नगरपालिका, शान्तिचोकमा सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । इञ्जिनियर बन्ने चाहना पूरा नहुने देखेर आफूलाई ‘अभागी’ लेख्न थालेका उहाँ साहित्यिक लेखनमा ‘सदानन्द अभागी’का नामबाट परिचित हुनुहुन्छ भने कृषि विज्ञानसम्बन्धी लेखहरूमा ‘सदानन्द जैसी’का नामबाट ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सगरमाथा छोएको क्षण

कुदिरहेछौँ सुनकोशीको किनारै किनार ।

सुनकोशीको निलो पानीमा अडिँदैन नजर । नदी वारिपारिका बस्तीहरूमै पुग्छु म घरिघरि । तर, सुख्खा र रातो माटोका झुप्राहरूमा देखिँदैनन् मानव आकृति । झुप्रे बस्तीमा चलमलाउँदैनन् पशुपन्छी । अनि त, निर्जन पाखोको एकलासलाई छोडेर सुनकोशीमै हाम्फाल्न विवश छ मेरो नजर ।

बगरमा बैँस सुकाइरहेका महिला र बाल्यकाल पानीमै बगाइरहेका केटाकेटी देखिन्छन् सुनकोशी किनारमा । सुनकोशीको सुनौलो बगरमा रजाइँ गरिरहेछन् केही थान टिप्परहरू ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •