Skip to content

मनको तरङ्ग - कविता संग्रह आफ्नै

जीवन नबुझ्नेलाई

जीवनै नबुझेकालाई कल्पनाको बहाव के थाहा हुन्छ ।
आफ्नो स्वभाब नौलो आफै“लाई जिन्दगी कस्तो हुन्छ ।।

सधै“ पिउने बेहोसीलाई आजको यथार्थ के थाहा हुन्छ ।
आफ्ना लागि आफै“ नसोच्नेलाई जीवनको के अर्थ हुन्छ ।।

सृष्टिका उच्च प्राणी हामी मानवता नबुझे कस्तो हुन्छ ।
लोभैमा लोभिने प्राणी हामी कसरी सृष्टिमा उच्च हुन्छ ।।

वेदनामा रुन जान्ने हामी अरूमाथि हा“स्दा के हुन्छ ।
मिलनमा खुसीको सीमा हुन्न, बिछोडमा रोएर के हुन्छ ।।

सधै“ सम्मान चाहिने हामी अरूलाई नगर्दा के हुन्छ ।
जती गल्ती गरे नि आफै“ अरूको गल्ती नदेख्दा के हुन्छ ।।