गोकुल खड्का
जीवन नबुझ्नेलाई
जीवनै नबुझेकालाई कल्पनाको बहाव के थाहा हुन्छ ।
आफ्नो स्वभाब नौलो आफै“लाई जिन्दगी कस्तो हुन्छ ।।
सधै“ पिउने बेहोसीलाई आजको यथार्थ के थाहा हुन्छ ।
आफ्ना लागि आफै“ नसोच्नेलाई जीवनको के अर्थ हुन्छ ।।
सृष्टिका उच्च प्राणी हामी मानवता नबुझे कस्तो हुन्छ ।
लोभैमा लोभिने प्राणी हामी कसरी सृष्टिमा उच्च हुन्छ ।।
वेदनामा रुन जान्ने हामी अरूमाथि हा“स्दा के हुन्छ ।
मिलनमा खुसीको सीमा हुन्न, बिछोडमा रोएर के हुन्छ ।।
सधै“ सम्मान चाहिने हामी अरूलाई नगर्दा के हुन्छ ।
जती गल्ती गरे नि आफै“ अरूको गल्ती नदेख्दा के हुन्छ ।।
अभाव
मान्छेमान्छे भाको ठाउ“मा सत्मनको अभाव छ ।
माया, प्रेम, सद्भाव र विश्वासको अभाव छ ।।
संसारभरि वैरभाव आतङ्क झन् बढेको छ ।
वृद्ध, बच्चा, कमजोरको सारा आ“सु सुकेको छ ।।
मान्छेले नै मान्छे मार्ने चलन यहा“ निम्तिएछ ।
अत्याचारी, दुर्जनको दादागिरी चम्किएछ ।।
जीवन धान्ने निहु“ गरी छोरी व्यापार जागेको छ ।
कस्तो कुरा सुन्नुपर्ने पापैपाप फापेको छ ।।
स्वार्थी बनी काम गर्ने मेलो बढिरहेको छ ।
पाप अपराध बढ्याबढ्यै सुख घटिरहेको छ ।।
घमण्डी सानोबाबु
एका देशमा एउटा तिमाल भन्ने ठाउँमा एक जना सानोबाबु भन्ने मान्छे बस्थ्यो रे । उ घरको एक्लो छोरो थियो ! उसको बा आमाको नाम सर्दार र सर्दारनी थियो । उहिले लाहुर जाँदा भारतको पन्जाब भन्ने ठाउँमा साहुले राख्दिएको नाम रे सर्दार र सर्दारनी । गाउँ फर्केर आएपछि उनीहरुको नाम सरदार र सर्दारनी नै बसे छ । गाउँ घरमा सबैले सानोबाबुलाइ सरदारको छोरो भनेर चिन्थे ।
आमा
आमा मेरी आमा त्यागि र मायाकी खानि
पबित्र निर्मल पानि जस्तै प्यारी रानी !
हजार गल्तीमा पनि सन्तानलाई माफ गर्ने बानि
भोकै बसी रमाई खुवाउने दिल कि खानि !!
धर्ति जस्तो रिदय जति दु;ख नि सहने
माया र आसिर्बाद दिएर कहिले नथाक्ने !
सन्तानले कुरा बुझन कालै पर्छ पर्खिन
अर्को जन्म लिनु पर्ला आमाको मूल्य चुकाउन !!
भोक प्यास निन्द्रा कहिले पनि नलाग्ने
सन्तान संग रमाउन कहिले नथाक्ने !
दश धारा दुधको भार तिर्ने मैले कसरि
अर्को जन्म पाए देखि पक्कै तिर्थे बेसरी !!
मेरो कबिता
मेरो कबिता भर्खर जन्मेको बालक जस्तै अबोध छ
भर्खर जन्मेको बाख्राको पाठा पाठि जस्तै उठ्न खोजी रहेको छ
बाच्छा बाच्छी पाडा पाडि जस्तै उठ्दै लद्डै छ्
मेरो कबिता भर्खर ऊम्रे को बिरुवा झैँ मर्ने बान्च्ने को दोसाँद मा छ्
पानी बाहिर नीकालेको माच्छा झै छट् पटाएको छ्
पानी नपाएको बिरुवा झै वोइलाएको छ्
मेरो कबिता युद्धमा फसेको निर्दोस मान्छे झै भाको छ्
मल जल नपुगेर नबडेको रुख झैँ किक्रिक्क परेको छ्
बगडेले मार हान्न लागेको बोको झैँ छट्पटीएको छ्
मेरो कबिता लेख्न नाजान्नेले लेखेको अछ्यर जस्तो छ
पढ्न नाजान्ने ले पडेको बेद जस्तो छ