Skip to content

नितान्त माैलिक र सान्दर्भिक

धुम्रपान मुक्त नगर

लघुकथाः धुम्रपान मुक्त नगर

धमाधम गरेर कान्ताले लुगामा आइरन गरेर तयार पारिदिइन् । दयारामले हतारहतार चिया नास्ता गरे । लुगा फेर्दै चुरोट तान्न खोजेको चुरोट सकिएको ता उनलाई बल्ल पो थाहा भो ।
“ए सपना !” काम गर्ने केटीलाई कराए । तुरुन्त हाजिर भई ।
“जा त, चुरोट किनेर ले सकिएको रहेछ ।” आदेश अनुसार केटी दोकानतिर लागी ।
भुराभुरीलाई चुरोट खैनी किन्न बेच्न नपाइने सरकारी नियमलाई उनले दोकानेसँग सम्झौता गरेका छन् उनी ता जनप्रतिनिधि न हुन् । नियम भनेको त सर्वसाधारणलाई न हो । यसैले दयारामकोमा काम गर्ने सानी केटी सपनालाई दोकानेले अलिक लुकाएर चुटोट दिने गरेको छ ।