Skip to content

अनन्त सन्देश साप्ताहिक

खड्गी जातिः ऐतिहासिक परिचय

नेपाल विभिन्न जातजाति र विविध संस्कृतिले भरिएको देश हो । नेपालमा परापूर्वक कालदेखि नै विभिन्न भाषाभाषी वा संस्कृतिको संगमस्थलको रूपमा रहिआएको पाइन्छ । हाम्रो देशभित्र बसोवास गर्ने प्रत्येक समुदायको आ—आफ्नै भाषा एवं साँस्कृतिक, चालचलनहरू र रीतिरिवाजहरू रहेका छन् । यी सबै जातिहरूको भाषा र रीतिरिवाज मिलेर नै समग्रमा नेपाली सँस्कृतिको निर्माण भएको छ । यी जनजाती समुदाय अन्तर्गत खड्गी समुदायको आफ्नो मौलिक संस्कृति एवं संस्कारहरू तथा जीवनशैलीको अस्तित्वले छुट्टै पहिचन राखेको छ ।

बलात्कारजन्य घटना र सामाजिक दायित्व

हरेक दिन जसो रेडियो, टि.भि. पत्रपत्रिकाहरुमा बलात्कार, हत्याजस्ता दुःखद् समाचारहरू बाम्बार आइरहन्छन् । त्यसमा पनि ५, ६ वर्ष देखिका कलिला बालिकाहरू बलात्कृत हुनुका साथै बलात्कार पछि हत्या समेत भएको समाचार सुन्दा आङ नै सिरिङ्ग हुन्छ । यस्तो अमानवीय, हृदयबिदारक,विभत्स घटनाहरूले समाजलाई नराम्रो बाटोतिर डोराइरहेको भान हुन्छ । समाजमा यस किसिमका बाल यौन हिंसा, हत्या जस्ता जघन्य अपराधहरू बढ्नाले समाज नै त्रसित र आतंकित भइरहेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसः युवाको भूमिका र दायित्व

हरेक वर्ष १२ अगष्टका दिनलाई विश्वभर “अन्तर्राष्ट्रिय युवा दिवस”को रुपमा मनाउने गर्दछन् । नेपालमा पनि १२ अगष्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिकलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेसँगै सन् २००० बाट अन्तर्राष्ट्रिय युवा दिवस मनाउन शुरुवात भएको थियो ।… Read More »अन्तर्राष्ट्रिय युवा दिवसः युवाको भूमिका र दायित्व