विचारात्मक निबन्ध

सपना सङ्घर्ष र सफलता

  • by
LakpaSherpaSamarpit

सपना सबैले देख्छ पुरा कति हुन्छ कति हुदैन फरक पाटो हो । सङ्घर्ष सबैले गर्दछन् – फरक कतिले मनदेखि त कसले तनदेखि पुराउने कोसिस गर्दछन् । तर कुरा जब सफलताको आउँछ थोरैले मात्र चाखेको हुन्छ ।

Read More »सपना सङ्घर्ष र सफलता
  • 50
  •  
  •  
  •  
  •  
  •  
  •  
    50
    Shares

नेपाली राजनीति र छताछुल्ल हामी

चुनावी शिलशिलामा मान्य नेताहरूज्यू भोट माग्दै माग्दै गाउँ गाउँ टोल टोल हिड्न थाल्नुभएछ । उहाका कार्यकर्ताहरू अघि-अघि पछि-पछि, यो गर्छौं त्यो गर्छौं, हामीलाई भोट दिएर जिताउनुस, सबैको दुख को निवारण गर्छौ भन्दै नारा लाउदै घर घर हिड्दै रहेछ्न ।

त्यसैमध्येका एकजना नेता पनि आफ्ना कार्यकर्ताहरुका जत्थाकासाथ जनताकै उत्थानका लागि देशैको लागि मैले जेल नेल खाएर गरीब दुखी असहायहरुको लडिरहेको छु कृपया हाम्रो पार्टीलाई यानेकि मलाई भोट दिएर जिताउनुस भन्दै घर घर दैलो दैलो हिडिरहेका रहेछ्न ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रामराज्यमा सीता

एकजना नेताजी नारी सभामा कस्सिई कस्सिई भाषण गरेको सुनेँ– “नारी जाति उठ्नुपर्छ । नारी जाति जुटनुपर्छ । यो देशमा रामराज्य ल्याउनुपर्छ । अबको समाज नारीको निम्ति रामराज्य बन्नुपर्छ । नारीहरुले कति उत्पिडन सहेर बस्ने ? नारी जातिले कहिलेसम्म अपमान र अवहेलना सहने ? अब नारीहरू साँच्चै जाग्नुपर्छ र समस्त महिलाको रामराज्य स्थापना गर्नुपर्छ ।” मैले उनका एकध भाषण अन्य सभा समारोहमा पनि सुन्ने मौका पाएको छु । उनी यस समाजका एक राजनीतिक प्राणी हुन । सबैले उनलाई एक प्रबुद्ध अध्ययनशील व्यक्तिको श्रेणीमा राख्दछन् । कतिले त उनलाई सुझबुझपूर्ण व्यक्तिको रुपमा भारी प्रंशसा पनि गर्दछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुन्दर

“तपाई सुन्दर वस्तु केलाई ठान्नुहुन्छ ?”

संसारमा सुन्दर वस्तुहरुको निसर्गलाई सबैले मन पराउँछन् । सुन्दरतापट्टि द्रष्टाका लोचनहरू एकाकार हुँनुलाई स्वभाविक मानिन्छ । राम्रो, सौँम्य, सरस, मञ्जुल जुनसुकै सजीव वा निर्जीव वस्तु नै किन नहुन् ? तीहरुउपर हामी प्रेममय भाव मात्र ब्याक्त गर्दैनौँ, फर्किएर कौतुक दृष्टि पनि लगाउँछौँ । यो हामी मानिसको सजीवता हो । यति नहुँदो हो त फूल प्रजातिको लालीगुराश होस् या सुनाखरी त्यति धेरै अभिरता बोकेर मानव दृष्टिको बुभुक्षाको कवलमा रमाउँन्नथ्यो कि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोबिड-१९ अनि मेरो लकडाउन

कोरोना भाइरस वा कोबिड-१९ नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन,तर हालसालै यो भाइरसले बिश्वमा महामारीको रुप लिइसकेको छ ।सन् २०१९ को डिसेम्बरमा यो भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ।यस भाइरसले मुख्य:त मानिसमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास सम्म गराउन सक्दछ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

अदृश्यरूपमा आउने आक्रमणकारीलाई रोक्ने उपाय ः प्राणायाम

दोहोरो परेकोले हटाउन सकिएन । कृपया,हटाछुर्इ िदनु हुन विनम्र अनुराेध गर्दछु । अस्तु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

देश बिकासमा विद्यार्थीको भूमिका

देश बिकासमा विद्यार्थीको भुमिका भन्ने शिर्षकमा चर्चा गर्नु भन्दा पहिला,हामिले बुझ्नु पर्छ कि देश र विद्यार्थी भनेका के हुन्?यिनिहरु बिच कस्तो सम्बन्ध छ?देश(राष्ट्र वा मुलुक) भनेको राजनितिक भुगोल अथवा अन्तरास्ट्रिय राजनिती अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भुभाग हो। देशलाई कुनै व्यक्ति जन्मेको, बसोबास गरेको वा नागरिकता पाएको जमिन पनि भनिन्छ।त्यस्तै विद्यार्थी (शिष्य) भनेको ज्ञान आर्जन गर्ने ब्यक्ति हुन्।यिनिहरु मा स्कुले बालक देखि कलेजमा पढ्ने युवा सबै समेटिन्छन् र घरमै स्व अध्यन गर्ने ब्यक्तीलाई नि विद्यार्थी भन्न सकिन्छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमा

गएको जहाँ भए पनि फर्किएर आउँदा आँगन नपुग्दै बोलाइने पहिलो मान्छे आमा । थकानमा आमा आराममा आमा, हारजीत, सुख–दुःख, हाँसो-रोदन, पीडा–शान्ति अनि जीवनको हरेक पाटोमा आमा ज्वोरोले आलस–तालस भएर लडेको बेला पानी पट्टि बोकेर छेउमा बस्थिन आमा । सायद आमाले पानी पट्टी निचोर्दा ज्वोरो पानी भएर चुहिन्थ्यो क्यार हट्थ्यो ज्वोरो अनि सञ्चो हुन्थ्यो शरीर ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हातेमालो केन्द्रद्वारा सञ्चालित दिवा सेवाका बालबालिकाहरूको एक चिनारी

काठमाडौं, बुढानीलकण्ठ, पासिकोट क्षेत्रमा बौद्धिक अपाङ्गता भएका वालबालिकाहरू घरमै कोचिएर बस्ने बाध्यतालाई मध्यनजर गरेर यस केन्द्रले स्थापनाकाल देखि नै केही गर्ने मनसाय राखेको यहाँहरुलाई स्मरण गराउन चाहञ्छु । केन्द्रले निम्न आर्थिक अवस्था, यातायातको असुबिधा, अभिभावकबाट आफ्नो बालबालिकाको समस्या पहिचान गर्न नसकेको अवस्था आदिको कारणले गर्दा यस ठाउँमा नै दिवा सेवा सञ्चालन गर्नु पर्ने बाध्यता भएको छ । सामान्य बालबालिका हुर्के, बढेपछि आफै खाने, एक्लै वा समूहगतरुपमा विद्यालय जाने आउने तथा आफ्नो सुरक्षा आफै गर्न सक्छन् भने उल्टो यस्ता बालबालिकाहरुको सम्पूर्ण रेखदेख व्यवस्था गर्नु पर्ने हुनाले यो कदम चाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बौद्धिक अपाङ्गता, यसको लक्षण र व्यवस्थापन

बौद्धिक अपाङ्गता भनेको के हो ?

सामान्यतया शरीरको कुनै अङ्ग नहुनु वा कुनै अङ्गले काम नगर्नु आँशिक अपाङ्गता वा शारिरिक अपाङ्गता हो भने बौद्धिक अपाङ्गता भनेको पूर्ण अशक्त हो । बौद्धिक अपाङ्गता भएका बालबालिका तथा युवाहरुको जन्मजात नै मष्तिस्कको राम्रो विकास भएको हुँदैन वा भएर पनि ठिकसँग काम गरेको हुँदैन । यस्तो हुनका विविध कारणहरुमा प्राकृतिक, अनुवांसिक वा जैविक कारणले गर्दा हो भन्ने कुरा प्रमाणित भैसकेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शिक्षकले अपनाउनुपर्ने एक जीवनशैली

म अबुझ संसारमा छँदा कार्यक्रम सञ्चालिका सरिता लामिछाने कार्यक्रमको अन्तमा सधैँ भन्ने गर्थिन्– ‘व्यस्त बन्नुस्, स्वस्थ रहनुस्’ । उनको कर्णप्रिय स्वर सुन्न लालायित हुन्थेँ तर त्यो भनेको के हो, त्यसबेला ठम्याउनै सक्तिनथेँ । अन्तिम वाणी सुन्न चित्त व्यग्र हुन्थ्यो, तर त्यसपछि कार्यक्रम नै समाप्त हुने भएकाले कार्यक्रमको प्रारम्भदेखि नै छुट्टिनुपर्छ भन्ने भय हुन्थ्यो । उनी चेतनामूलक कार्यक्रम चलाउँथिन् । चेतनामूलक भनेपछि मलाई खुब मन पर्थ्यो । अहिले त हामी चेतनाहीनताले गाँजेको समयसँग हातेमालो गर्दै छौँ । उत्तिखेर त चेतनाको खाँचो टड्कारो रूपमा देखिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बलात्कारजन्य घटना र सामाजिक दायित्व

हरेक दिन जसो रेडियो, टि.भि. पत्रपत्रिकाहरुमा बलात्कार, हत्याजस्ता दुःखद् समाचारहरू बाम्बार आइरहन्छन् । त्यसमा पनि ५, ६ वर्ष देखिका कलिला बालिकाहरू बलात्कृत हुनुका साथै बलात्कार पछि हत्या समेत भएको समाचार सुन्दा आङ नै सिरिङ्ग हुन्छ । यस्तो अमानवीय, हृदयबिदारक,विभत्स घटनाहरूले समाजलाई नराम्रो बाटोतिर डोराइरहेको भान हुन्छ । समाजमा यस किसिमका बाल यौन हिंसा, हत्या जस्ता जघन्य अपराधहरू बढ्नाले समाज नै त्रसित र आतंकित भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अन्तर्राष्ट्रिय युवा दिवसः युवाको भूमिका र दायित्व

हरेक वर्ष १२ अगष्टका दिनलाई विश्वभर “अन्तर्राष्ट्रिय युवा दिवस”को रुपमा मनाउने गर्दछन् । नेपालमा पनि १२ अगष्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा विभिन्न कार्यक्रम सहित मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिकलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने निर्णय गरेसँगै सन् २००० बाट अन्तर्राष्ट्रिय युवा दिवस मनाउन शुरुवात भएको थियो ।… Read More »अन्तर्राष्ट्रिय युवा दिवसः युवाको भूमिका र दायित्व

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवनशैली कस्तो हुनुपर्छ?

जीवनशैली कस्तो हुनुपर्छ? यो नै जीवनको सर्वाधिक महत्त्वपूर्ण विषय भन्ने लाग्छ मलाई। सीमाभित्रै रहने कि असीमित हुने, कुन छनोट गर्ने? ताजुक लाग्छ मलाइ। अँझ यहाँ छनोटको हैन जिउनुको कुरा छ। जीवनशैली त जीवन बाँच्ने ढङ्ग, कला र विज्ञान हो। जीवनलाई सुन्दर र सारवान बनाउने सीप हो। विवेकपूर्ण मस्तिष्क र बिशुद्द आत्माको निरन्तर प्रयोगको अवस्था हो। अँझ भनौ- जस्तो जीवन जियो त्यही हो जीवनशैली। के यसको कुनै बिशिष्ट ढाचा हुन्छ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिरोई सिर्जना मासिक पत्रिकाको क्यालेन्डर –२०१८ मेरो कोठामा सजाउँदा

दुलियाजान कला –साहित्य मञ्च दुलियाजान असमको अभिव्यक्ति (नेपाली त्रैमासिक पत्रिकाको) रजत जयन्तीको उपलक्ष्यमा (३१ मार्च र १ अप्रिल २०१८मा) आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा नेपालबाट हामी (सदानन्द अभागी, केशवराज आमोदी, गोर्खे साइँलो, शान्तिनारायण श्रेष्ठ, डि.आर शर्मा, छवीकिरण ओली, लोकनाथ खरेल, विर्खे अनजान, मिरा तिमलसिना, मिना लामिछाने र प्रेमराज न्यौपाने सहित) ११जना साहित्यकारहरूलाई सहभागी हुने सौभाग्य मिल्यो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मेरो पहिलो प्रेम

पहिलो प्रेममा पक्कै पनि साह्रै रमाइलो, डर,अनि विभिन्न अठोटहरू बाधिएका हुन्छ्न । ऊ निकै राम्री लाग्छिन भने आफू उसलाई यदि दुई तर्फी माया हो भने मात्रै । जुन दिन पहिलो मायाको सुरुवात हुन्छ अनि, उनी मेरै जिन्दगी र म उनको जिन्दगीको कहानी सुरु हुन्छ । जतिबेला उनकै याद आउँछ भने मलाई उनको । अनि दुई चार दिन यस्तै चलिरहन्छ जबसम्म कसैको नजर लाग्दैन, जब नजर लाग्छ, पहिला भनेको जिन्दगी पनि कता भाग्छ, भाग्छ आफूलाई त्यो केटी नराम्री लाग्छ भने केटीलाई केटा नराम्रो । यस्तै हो प्रेम!!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

यो विकृतिलाई अब के गर्ने ?

मेरा एक जना अति नै घनिष्ट मित्रले मलाई थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।

आधा घन्टाको यात्रापछि म पुर्याइएँ एक यस्ता घरमा जहाँ ठुलो भीडभाड थियो । ओहो म ता कुनै राजनीतिक चुनावको प्रसारमा कुनै नेताको घरमा पो आएँछु कि ? अथवा कसैलाई सम्मान गरिने कार्यक्रममा पो आएँ कि ? या कुनै साप्ताहिक पूराण लागेको ठाउँमा पो आएँ कि ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •