Skip to content

Dns

बधाइ छ तिमीलाई

  • by

आफ्नो मात्र चिन्ता गर्‍यौ बधाइ छ तिमीलाई
सुन्दर शहरमा डेरा सर्‍यौ बधाइ छ तिमीलाई

पछ्याई हिडे गल्ली गल्ली आफैलाई नाश पार्दै
आज मेरो आसै मार्‍यौ बधाइ छ तिमीलाई
सुन्दर शहरमा डेरा सर्‍यौ बधाइ छ तिमीलाई

“लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो”

  • by

लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।
बचेको यो बाँकि जिवन तिमि संगै सेट भयो ।।

कुनै चिज स्थायी हुन्न दु:ख पनि स्थायी होइन
जिन्दगिको उताव चढाब आउदा आउदै लेट भयो ।।
लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।

कस्ले मेटाई दिन सक्छ भाग्यको यो लेखान्तलाई
छाति चिरी दिउला सानु त्यहि पस्ने गेट भयो ।।
लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।

हाँसी बोलि गर्छ्येउ तिमि कति साह्रो मनकारी
त्यै हाँसोले खु:शि पार्छ दु:ख सबै चेट भयो ।।
लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।

निन्द्रा भाग्यो क्षितिज पारी भोक कता कता
नखाएनि भरी भराउ टन्न मेरो पेट भयो ।।